खोटाङ्गको यातायात क्षेत्रमा नयाँ क्रान्ति, १९ थान सुमोको साँचो हस्तान्तरण

  २०७४ पुष २८ गते १७:३७     विकासन्युज

काठमाडौं । पुर्वको पशुपतिनाथको जिल्ला भनेर चिनिने खोटाङ्गको यातायात क्षेत्रमा नयाँ क्रान्ति आएको छ । खोटाङ्ग यातायात ब्यवसायी संघले एकैसाथ १९ थान टाटा सुमो खरीद गरी जीप सेवा सुरु गरेको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच १९ थान टाटा सुमोको साँचो हस्तान्तरण गरेकाे छ ।


उक्त कार्यक्रमको उद्घाटन टाटा मोटरका कन्ट्री म्यानेजर अजितनारायण सिहं र खोटाङ्गका प्रतिनीधि सभा सदस्यविशाल भट्टराईले संयुक्त रुपमा गरेका थिए

उक्त कार्यक्रममा खोटाङ्गका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै खोटाङ्ग यातायात व्यवसायी सघंका पदाधिकारीहरुले टाटा सुमोको बलियो इन्जिन र पहाडी बाटोमा उच्च क्षमताले गर्दा आफ्नो रोजाईमा परेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.