यो वर्ष अधिकांश आईपीओ जलविद्युतको मात्रै, १४ कम्पनीको ५ अर्ब ६३ करोड पाइपलाइनमा

  २०७४ पुष २८ गते १६:५८     मञ्जरी पाैडेल

काठमाडौं । यो वर्ष पुँजीबजारमा अधिकांश साधारण सेयर (आईपीओ) जलविद्युत कम्पनीको आउने भएको छ । बजारमा विभिन्न १४ जलविद्युत कम्पनीको ५ अर्ब ६३ करोड रुपैयाँको आईपीओ यो वर्षभित्रै आउने भएको हो ।

चालु आर्थिक वर्ष सुरु भएयता अनुमति पाएका केही कम्पनीले आईपीओ निष्कासन गरिसकेका छन् । केहीले निष्कासनका लागि आब्हानपत्र सार्वजनिक गरिसकेका छन् । सबैले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् ।

यस्तै बुटवल पावर कम्पनी लिमिटेडले २ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता थप निष्कासन (एफपीओ) गर्न लागेको छ । बोर्डबाट स्वीकृति पाइसकेकाले छिट्टै ल्याउने तयारी भएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठ बताउछन् ।

पाइपलाइनमा रहेका १४ जलविद्युत कम्पनी

केही वर्षअघिसम्म बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको आईपीओ निष्कासन हुने गरेकोमा यो वर्षदेखि जलविद्युत कम्पनीको आईपीओ बढी आउने देखिएको हो । अधिकाँश आयोजना निर्माण भइरहेकाले आगामी वर्ष पनि जलविद्युत समूहको आईपीओ बढी आउने संभावना छ । एक दर्जन बढी कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भई कारोबार भइरहेका छन् ।

जलविद्युत कम्पनीले न्युनतम १० प्रतिशत आयोजना प्रभावित स्थानियबासिन्दालाई आईपीओ निष्कासन गर्नुपर्ने वाध्यकारी व्यवस्था भएपछि कम्पनीले धमाम निष्कासन गर्न लागेका हुन् । अहिले अधिकाँश कम्पनीले १० प्रतिशत प्रभावित स्थानियबासिन्दा र न्युनतम १५ प्रतिशत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न थालेका छन् ।

त्यस्तै, विभिन्न ४ वटा जलविद्युत कम्पनीले भने २ अर्ब ६८ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न अनुमति पाइसकेका छन् । यी कम्पनीले सर्वसाधारणमा २ करोड ६८ लाख कित्ता सेयर जारी गर्ने छन् ।

अनुमति पाएका ४ जलविद्युत कम्पनी

त्यस्तै, जलविद्युत कम्पनी बाहेक अन्य तीन वटा माइक्रोफाइनान्सले आईपीओ निष्कासन गर्न अनुमति पाइसकेका छन् । उन्नति माइक्रोफाइनान्स, सामूदायिक लघुवित्त वित्तीय संस्था र आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले कुल ७ करोड ५९ लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएका छन् ।

सो मध्ये उन्नति माइक्रोफाइनान्सले एक करोड ६५ लाख, सामूदायिक लघुवित्तले ३ करोड र आरम्भ माइक्रोफाइनान्सले २ करोड ९४ लाख रुपैयाँको सेयर जारी गर्ने छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.