नेपाल चेम्बर अफ कर्मशमा पुनः राजेशकाजी श्रेष्ठ

  २०७४ पुष २८ गते १६:४९     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा पुनः राजेशकाजी श्रेष्ठ निर्वाचित भएका छन् ।  चेम्वरको ६७ औं वार्षिक साधारण सभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँं कार्यसमिति निर्वाचित भएको हो ।

नवनिर्वाचित नयाँं कार्य समितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । उपाध्यक्षमा कमलेशकुमार अग्रवाल, महेन्द्रमान श्रेष्ठ, दीपककुमार मलहोत्रा, इच्छाराज तामाङ र नरेश श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै विशिष्ठ मानार्थ उपाध्यक्षमा भाष्करराज राजकर्णिकार सर्वसम्मत चुनिएका छन् । मुलुक संघीय संरचनामा गएसँंगै चेम्वरको साँंगठनिक संरचना पनि त्यही अनुसार गएको छ ।

जस अनुसार सात वटा प्रदेशतर्फबाट प्रदेश १ मा पर्शुराम दाहाल, प्रदेश २ मा पंकज जालान, प्रदेश ३ मा कृष्णमान श्रेष्ठ, प्रदेश ४ मा प्रमोद श्रेष्ठ, प्रदेश ५ मा भीमलाल पौड्याल, प्रदेश ६ मा दीपेन्द्रकुमार खत्री र प्रदेश ७ मा प्रकाश साउदले केन्द्रमा प्रतिनिधित्व हुने गरी निर्वाचित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.