डेरी एशोसिएशनको एजेन्डा, भवन निर्माणदेखि प्रतिपरिवार गाई उपलब्ध गराउनेसम्म

  २०७४ पुष २७ गते १३:४३     विकासन्युज

काठमाडौं । नेपाल डेरी एसोशिएसनको १९ औं वार्षिक साधारण सभा एवं ७ औं राष्ट्रिय महाधिवेशन संघारमा आइपुगेको । उक्त सभामा मुलुकमा दुधको माग पुरा गर्न र किसानहरुलाई व्यवसायमा टिकाई राख्न भुकम्प प्रभावित क्षेत्रमा प्रतिपरिवार एक गाई वा भैंसी उपलब्ध गराने प्रस्ताव गर्ने भएको हो । सो प्रस्ताव पुनर्निमाण प्राधिकरण समक्ष राख्ने एशोसिएशनका अध्यक्ष सुमित केडियाको भनाइ छ । त्यस्तै, सभामा नेशनल डेरी रिसर्च इन्स्टिच्युटको स्थापना नेपालको पहिलो डेरी स्थापना भएको काभ्रेको नाला, टुसालमा गर्न पर्ने प्रस्ताव समेत गरिने भएको छ ।

एशोसिएशनका अनुसार बाँकी प्रस्तावहरुमा स्वच्छ दुध उत्पादनको लागि कृषकसँग सहकार्य गर्ने, दुधको उपभोग बढाउन आर्मी र पुलिसको रासनमा स्वदेशी दुध, दुग्धजन्य पदार्थ अनिवार्य गरिनुपर्ने रहेको छ । साथै, एशोसिएशनको भवन निर्माण, घरेलु, साना, मझौला र ठूला डेरी उद्योगहरुको लागि स्तरोन्नतीको लागि पहल गरिने लगायतका प्रस्तावहरुहरु पनि राखिने बताइएको छ ।

अहिले मुलुकमा १५ अर्वभन्दा बढी दुग्ध क्षेत्रमा उद्योग स्तरको लगानी रहेको छ । ४८ लाख ५० हजार लिटर दुध उत्पादन हुने गरेको छ । जसमा ४ लाख ५० हजार कृषक परिवार यस क्षेत्रको रोजगारीमा आवद् छन् भने २० हजारभन्दा बढी मानिसले उद्योगस्तरमा प्रत्यक्ष रोजगारी पाइरहेको एशोसिएशनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.