हुन्डाईले ल्यायो “विन्टर डिलाइट” न्यानो स्किम्, गाडी खरिदमा नगद छुटका साथै निशुल्क बिमा

  २०७४ पुष २७ गते १२:३७     विकासन्युज

काठमाडौं । नेपालकालागी हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. ली.ले “हुन्डाई विन्टर डिलाइट स्किम्” ल्याएको छ । यस योजनामार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटको साथमा ६ लाख ९६ हजार रुपैयाँसम्मको सेवा सुबिधा प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, योजना अन्तर्गत हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निशुल्क १ वर्ष सम्मको बिमा, एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, २० हजार बराबरको लोयल्टी बोनस सँगै पुरानो सवारीको स्पट् एक्सचेन्ज तथा मुल्याँङ्कनको सुबिधा समेत प्राप्त गर्न सकिनेछ । साथै, हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिनेछ ।

चिसो मौसममा पनि यस “हुन्डाई विन्टर डिलाइट स्किम्” ले ग्राहकवर्गमा न्यानोपनको आभाष प्रदान गर्ने लक्ष्य लिइएको छ । यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र यस “हुन्डाई विन्टर डिलाइट स्किम्” मार्फत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।
यस योजना निर्धारित समयका लागी मात्र लागु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.