आइएमई लाइफ इन्स्योरेन्सको अध्यक्षमा रामहरि अर्याल, पुँजी बढाउन सेयर जारी गर्ने

  २०७४ पुष २६ गते १७:५५     विकासन्युज

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा रामहरि अर्याल चयन भएका छन् । बुधबार बसेको संचालक समितिको बैठकले अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

साथै, सोही दिन सम्पन्न इन्स्योरेन्सको पहिलो वार्षिक साधारणसभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने संचालक पदमा डा. रामहरि अर्याल, इश्वरकुमार कार्की, दिपचन्द्र रेग्मी, संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनीकुमार ठाकुरलाई निर्वाचित गरेको छ । नवनिर्वाचित संचालकहरुले आजै पदवहाली तथा शपथ ग्रहण गरेका छन् ।

लैनचौरमा सम्पन्न उक्त साधारणसभामा सञ्चालक समितिका अध्यक्ष अर्यालले कम्पनीले आम मानिसको पहुँचहुने खालको १० प्रकारको स्तरीय तथालाभदायक बीमा योजनाहरु कार्यान्वयनमा ल्याएको र भविष्यमा अझ बढी लाभदायक र नबिनतम् बिमा योजनाहरु ल्याउने जानकारी दिएका छन् ।

उक्त वार्षिक साधारण सभाले संचालक समितिबाट प्रस्तुत वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित कम्पनीको आ. व. २०७३/७४ को वासलात तथा हिसाव समेत स्वीकृत गरेको छ ।

नियमनकारी निकाय बीमा समितीको प्रावधान अनुसार २०७५ साल असार मसान्तसम्मको चुक्ता पूँजी कम्तीमा २ अर्ब रुपैयाँ पुर्याउनु पर्ने रहेको छ । सो प्रावधानअनुरुप कम्पनीले सर्वसाधारणलाई शेयर जारी गरी पुँजी वृद्धि गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.