नेपाल इन्स्योरेन्सले एक करोड ४३ लाख लाभांश दिने, हकप्रद किन्नेले पनि पाउने

  २०७४ पुष २६ गते १७:२१     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई एक करोड ४३ लाख ८० हजार ५०६ रुपैयाँ लाभांश वितरण गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको एक करोड ३६ लाख ६१ हजार ४८४ रुपैयाँ बोनस र कर प्रयोजनको लागि ७ लाख १९ हजार ०२५ रुपैयाँ बराबरको नगद गरी सो मात्राको लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले हकप्रद सेयर जारी पश्चात कायम हुने चुक्ता पुँजीमा सो मात्राको लाभांश दिन लागेको हो । यस कम्पनी हाल शतप्रतिशत(१ः१) हकप्रद सेयर निष्कासन गर्ने प्रक्रियामा रहेको छ । सो मात्राको हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी ६० करोड ३९ लाख रुपैयाँ पुग्ने छ । कम्पनीले उक्त पुँजीको २.२६१९२ प्रतिशत बोनस सेयर दिने भएको हो ।

हाल (हकप्रद जारी गर्नु अघि)कम्पनीको पुँजी ३० करोड १९ लाख रुपैयाँ रहेको छ । कम्पनीले वितरण गर्न लागेको बोनस यस पुँजीको ४.५२ प्रतिशत हो । तर हकप्रद पश्चात कायम हुने पुँजी(६० करोड ३९ लाख रुपैयाँ)लाई हिसाब गर्दा बोनस दर घटेर २.२६ प्रतिशत हुन पुगको कम्पनीले जनाएको छ । साथै, सो मात्राको बोनस कम्पनीकाे १०० प्रतिशत हकप्रद किन्नेले पनि पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.