ज्ञानेश्वरको ईन्टरनेशनल स्कूल अफ टुरिजम कलेजमा रक्तदान कार्यक्रम सम्पन्न

  २०७४ पुष २६ गते १६:०४     विकासन्युज

काठमाडौं । ईन्टरनेशनल स्कूल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेज ज्ञानेश्वरमा बुधबार रक्तदान कार्यक्रम सफलताका साथ सम्पन्न भयो । बिगत ८ वर्ष देखि यस कलेजमा हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना हुने गरेको छ ।

यस कलेजमा अध्ययनरत वि.एच.एम दोस्रो बर्षका विद्यार्थीहरुले आफ्नै कलेज प्राङ्गणमा रक्तदान कार्यक्रम गर्दे आएका छन् । आजको यस कार्यक्रमले विद्यार्थीहरुमा सामाजिक उत्तरदायित्वप्रति जिम्मेवार हुनलाई प्रेरणा मिलेको छ ।

यस कार्यक्रममा जम्मा १७३ विद्यार्थी, शिक्षक तथा कर्मचारीले रक्तदान गरेका थिए । रक्तदाताहरुको कमि तथा रक्त संचार केन्द्रमा रगत अभावको कारण कुनै पनि बिरामीले रगत अभावको कारण ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले प्रत्येक बर्ष कलेजले यस किसिमको प्रेरणादायी कार्यक्रमको आयोजना गरी आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.