नेको इन्स्योरेन्सलाई ५० प्रतिशत हकप्रद निष्कासन गर्न बोर्डकाे अनुमति

  २०७४ पुष २६ गते १४:०८     विकासन्युज

काठमाडौं । नेको इन्स्योरेन्सलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ३९ लाख २० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

इन्स्योरेन्सले बिक्री प्रबन्धक एनएमबी क्यापिटल मार्फत ३९ करोड २० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न बोर्डको अनुमति पाएको हो । मंगलबार मात्रै कम्पनीलाई सो मात्राको हकप्रद निष्कासन गर्न बोर्डले अनुमति दिएको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ७८ करोड ४१ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी एक अर्ब १७ करोड रुपैयाँ पुग्ने छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८६२ रुपैयाँ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.