एसियन लाइफ इन्स्योरेन्सको माघ ८ गते बुक क्लोज, ५० प्रतिशत हकप्रद जारी गर्दै

  २०७४ पुष २६ गते १३:१९     विकासन्युज

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको आगामी माघ ८ गते बुक क्लोज हुने भएकाे छ । गत २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैंठकले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्दै छ ।

हाल कम्पनीको चुक्ता पुँजी ८० करोड ५५ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी एक अर्ब २० करोड रुपैयाँ पुग्ने छ । बुधबार कम्पनीको सेयर मूल्य करिब प्रतिकित्ता १४४८ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.