२०७४ पुष २५ गते १९:४४ विकासन्युज
खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ गाउँपालिकामा गरिएको प्याराग्लाइडिङको परीक्षण सफल भएको छ । पर्यटन प्रवद्र्धन गरी गाउँमै स्वरोजगारको वातावरण सिर्जना गर्ने उद्देश्यले दिप्रुङ गाउँपालिकाले आज बतासेको भिरचुङ्माडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरेको हो ।
भिरचुङ्माडाँडाबाट उडेको प्याराग्लाइडर बतासेकै सुनकोशी किनारमा रहेको सानो भँडारेघाटमा झार्ने गरी प्याराग्लाइडिङको परीक्षण सफल भएको सो गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए ।
“प्याराग्लाइडिङ र ¥याफ्टिङका माध्यमबाट गाउँपालिकामा भित्रिने पर्यटकलाई धिप्लुङ झरनासम्म पु¥याउने लक्ष्य छ,” उहाँले भने, “यसले ओझेलमा परेको झरनाको पर्यटन प्रवद्र्धन गर्दै गाउँपालिकालाई आन्तरिक स्रोत पनि जुट्नेछ ।”
बतासेको भिरचुङ्माडाँडाबाट एकैसाथ चारवटा प्याराग्लाइडरले प्याराग्लाइडिङ उडान भरेका थिए । बतासेको भिरचुङ्माडाँडामा प्याराग्लाइडिङको सम्भावना बलियो प्रमाणित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एटिसी अफिसर मुकेश डंगोलले बताए ।
प्याराग्लाइडिङका लागि जिल्लाका अधिकांश ठाउँ सम्भावित रहेकाले यसलाई दीर्घकालीन योजनाका साथ अगाडि बढाइने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । “हाम्रो जिल्ला भौगोलिक रुपमै पर्यटकीयस्थल हो,” उहाँले भने, “भिरचुङ्माडाँडालगायत सम्भावित ठाउँमा प्याराग्लाइडिङको व्यावसायिक उडान गर्न सम्बन्धित निकायमा पहल गर्नेछु ।”
यसअघि जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हलेसी, रुपाकोट मझुवागढी नगरपालिकाको खार्मी, हलेसी चुवाचुङ नगरपालिकाको भुम्जुडाँडा लगायतका ठाउँमा पनि अनौपचारिक रुपमा प्याराग्लाइड उडाइएको थियो । खोटाङ पहाडै पहाडले बनेको जिल्ला भएकाले अधिकांश ठाउँमा प्याराग्लाइडिङ व्यवसाय सञ्चालन गर्न सकिने व्यवसायीले बताएका छन् । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.