अग्नि मोटो इन्कको ‘सुनै सुनको वर्षा रानीहारसँगै विदेश यात्रा’ योजनाको विजेता घोषणा

  २०७४ पुष २५ गते १८:०६     विकासन्युज

काठमाडौं । महिन्द्रा टु ह्वीलरको आधिकारीक वितरक अग्निमोटो इन्कले “सुनै सुनको वर्षा रानीहारसँगै बिदेश यात्रा” योजनाको बम्पर विजेताको घोषणा गरेको छ । यस योजना अन्तर्गतको लक्की ड्रमा प्रत्येक १५ दिनमा रानीहार प्रदान गर्दै आइएको थियो भने बम्परमा २ परिवारलाई थाइल्याण्डको भ्रमण गर्ने अवसर प्रदान गरिएको थियो ।

यस योजना अन्तर्गत थाइल्याण्ड भ्रमणको लागि बम्बर विजेता कुपन नं ९९७ हेटौंडाका कल्पना दाहाल तथा कुपन नं ००१ वितामोडका मन्जु खरेल बनेकी छन् । उनको परिवारले ५ दिन ४ रातको प्याकेज सहित बैंकक भ्रमण प्राप्त गरेका छन् ।

साथै, १५औं दिनको अन्तिम रानिहार विजेता मध्यविन्दुका दल बहादुर खत्री भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.