सुजुकीको नयाँ वर्षे अफर अन्तर्गत ४ लाखसम्मको नगद छुटका साथै १ लाख बोनस

  २०७४ पुष २५ गते १७:२९     विकासन्युज

काठमाडौं । सुजुकीको चार पाङ्ग्रे सवारी साधनको नेपालको लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिगंको अटोमोटिभ डिभिजन सी.जी. मोटोकर्पले नयाँ वर्ष २०१८ योजना अन्तर्गत “दिस् ऐर गिफ्ट योर सेल्फ अ सुजुकी” अफर ल्याएको छ ।

यस अफर अन्तर्गत उपभोक्ताले ४ लाख ५ हजार रुपैयाँसम्म नगद छुट, १ लाख रुपैयाँसम्म सटही बोनस, १ लाख रुपैयाँसम्म अतिरिक्त स्क्रयाच कुपन, रोड ट्याक्स र रजिष्ट्रेशन निःशुल्क उपलब्ध गराउने रहेका छन् ।

सुजुकी ब्राण्डका चार पांग्रे अन्तर्गत देशकै सर्वाधिक कार रेञ्जहरु उपलब्ध रहेका छन् । कम्पनीद्वारा नेपाली बजारमा उपलब्ध गरिएका सर्वाधिक लोकप्रिय कार रेञ्जहरुमा अल्टो ८००, केटेन, वागनआर, सेलेरियो, स्विफ्ट, ईग्निस, डिजायर, बलेनो, ब्रेजा, एसक्रस, सियाज, ओम्नीकार्गो, ओम्नीभ्यान र ईको लगायत रहेका छन् ।

यो सुविधा २०१६, २०१७ तथा २०१८ कामोडलहरुमा छुट्टाछुट्टै प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.