बजारमा ५० करोडको सेयर कारोबार

  २०७४ पुष २५ गते १५:२०     विकासन्युज

काठमाडौं । मंगलबार सेयर बजारमा कुल ५० करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सो दिन १५८ कम्पनीको ९ लाख १५ हजार कित्ता सेयर किनबेच भएका छन् ।

सो मध्ये नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८७९ रुपैयाँ रहेको छ । त्यस्तै, सानिमा माई हाइड्रोपावर कम्पनीको पनि ५ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

मंगबलार कारोबारमा आएका उत्पादनमूलक समूह बाहेक बाँकी समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ६० अंकले उकालो लागेको छ । उत्पादनमूलक समूह भने सामान्य ३ अंकले अाेरालाे लागेकाे छ ।

समग्रमा मंगलबारको नेप्से परिसूचक १२.२७ अंकले बढेर १४५६.०७ अंकमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.