पाँच कम्पनीको ३ करोड ३७ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, सबैभन्दा बढी हकप्रद सेयर

  २०७४ पुष २५ गते १४:१८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एकैदिन ३ करोड ३७ लाख ३३ हजार ८०९ कित्ता सेयर सूचिकृत भएका छन् । मंगलबार मात्रै विभिन्न पाँच कम्पनीको बोनस र हकप्रद सेयर गरी सो मात्राको सेयर सूचिकृत भएका हुन् ।

सो मध्ये सबैभन्दा बढी बोनस सेयर थपिएका छन् । बजारमा चार कम्पनीको ३ करोड १८ लाख कित्ता बोनस सेयर थपिएका छन् भने एक कम्पनीको १९ लाख २२ हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । टुरिजम डेभलपमेन्ट बैंक, नबिल बैंक, सानिमा बैंक र न्याग्दी ग्रुप पावरको बोनस र एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो ।

सो मध्ये टुरिजम डेभलपमेन्टको १७ लाख १० हजार ७७५ कित्ता र नबिल बैंकको एक करोड ८५ लाख ७७ हजार १४० कित्ता बोनस थपिएका छन् । त्यस्तै, सानिमा बैंकको एक करोड १० लाख ३६ हजार कित्ता र न्याग्दी ग्रुपको ४ लाख ८६ हजार ८६८ कित्ता बोनस नेप्सेमा सूचिकृत भएका हुन् ।

त्यसैगरी, एक्सेल डेभलपमेन्ट बैंकको १९ लाख २२ हजार ८१२ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.