फर्निचर महासंघको अध्यक्षमा गिरी

  २०७४ पुष २५ गते १२:०६     विकासन्युज

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघको अध्यक्षमा भुपेन्द्र गिरी निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न भएको तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले गिरीको अध्यक्षतामा १९ सदस्यीय नयाँं कार्य समिति चयन गरेको हो ।

त्यस्तै महासंघको प्रथम उपाध्यक्षमा सूर्य सुवेदी, द्धितीय उपाध्यक्षमा कृष्णप्रसाद ढकाल, तृतीय उपाध्यक्षमा सुजिल श्रेष्ठ सर्वसम्मतले निर्वाचित भएका छन् । महासचिवमा कविन्द्र जोशी, कोषाध्यक्षमा ओम दाहाल, सचिवमा गोकुल श्रेष्ठ, सहसचिवमा खगेन्द्र केसी समेत सर्वसम्मतले निर्वाचित भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.