नेप्से १२ अंकले उकालो, होटल बाहेक सबै समूह हरिया

  २०७४ पुष २४ गते १५:२५     विकासन्युज

काठमाडौं । सोमबारको नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । सो दिन परिसूचक १२ अंकले उकालो लागेर १४४३.८० अंकमा पुगेको छ ।

दोहोरो अंकले बढेको बजारमा ४६ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कुल १५७ कम्पनीका ८ लाख ५५ हजार कित्ता सेयर किनबेच भएका थिए ।

सोमबार होटल समूह बाहेक अन्य बाँकी समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १२२ अंकले उकालो लागेको छ । त्यस्तै, अन्य समूह र बैंकिङ समूहको परिसूचक क्रमशः १२ र ९ अंकले उकालो लागेका छन् । होटल समूह भने १७ अंकले ओरालो लागेको छ ।

सो दिन मल्टि प्रपोज फाइनान्सका लगानीकर्ताले ९.०६ प्रतिशत कमाएका छन् । सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३७३ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.