नेपाल लाइफ इन्स्योरेन्स र एभरेष्ट बैंकमा लगानीकर्ता झुम्मिए, यस्तो छ कारण

  २०७४ पुष २३ गते १६:०१     विकासन्युज

काठमाडौं । सेयर बजार सामान्य अंकले बढेसँगै लगानीकर्ताकाे आकर्षण दुई कम्पनीमा भएको छ । लगानीकर्ता झुम्मिएपछि आइतबार नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट बैंकको सेयर कारोबार बढी भएको छ ।

नेपाल लाइफले गत आर्थिक वर्षमा गरेको नाफाबाट दिने लाभांश घोषणा गर्ने समय नजिकिदै गएपछि सेयर किनबेच बढेको छ ।

नेपाल लाइफले न्युनतम ४५ देखि ६० प्रतिशतसम्म लाभांश दिने आशमा लगानीकर्ता झुम्मिएका हुन् ।

आइतबार नेपाल लाइफको प्रतिकित्ता १ हजार ८२२ रुपैयाँमा ५ करोड २७ लाख ६४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल लाइफको २९ हजार ५१५ कित्ता सेयर किनबेच भएको छ ।

आइतबार नेपाल लाइफको सेयर प्रतिकित्ता ९२ रुपैयाँ बढेको छ । गत बिहीबार नेपाल लाइफको सेयर १ हजार ७३० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै एभरेष्ट बैंकको सेयर  किनबेच बढेको छ । आइतबार एभरेष्टको सेयर प्रतिकित्ता ८७५ रुपैयाँमा १ करोड ९५ लाख ४७ हजार रुपैयाँको कारोबार भएको छ । एभरेष्टको २२ हजार ३५२ रुपैयाँको सेयर किनबेच भएको छ । एभरेष्टको सेयर सस्तो भएको र आगामी दिनमा भाउ बढ्ने अनुमानका आधारमा लगानीकर्ताले सेयर खरिद गरेका हुन् ।

नेपाल लाइफ र एभरेष्ट बैंकको वित्तीय अवस्था मजवुत रहेको छ । जीवन बीमा व्यवसायमा नेपाल लाइफ अग्रस्थानमा रहेको छ । यस्तै बैंकिङ क्षेत्रमा एभरेष्टको अवस्था पनि बलियो नै छ । दुबै संस्थाको वित्तीय अवस्था र लगानीकर्तालाई दिने प्रतिफल पनि उच्च छ ।

यस्तै स्ट्याण्डर्ड चाटर्ड बैंकको पनि प्रतिकित्ता १ हजार ५८ रुपैयाँमा १ करोड ४६ लाख ३७ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
यस्तै नागवेली लघुवित्त विकास बैंकको संस्थापक सेयर किनबेच भएको छ । नागवेलीको संस्थापक सेयर प्रतिकित्ता १ हजार ३ सय रुपैयाँमा १ करोड ३० लाख कित्ता कारोबार भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.