शिवम् सिमेन्टको कीर्ति समारोह सम्पन्न, ६४ डिलर तथा बिक्रेतालाई विभिन्न विधाका अवार्ड

  २०७४ पुष २३ गते १४:२८     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ‘कीर्ति समारोह २०७४’ सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न उक्त समारोह मार्फत सिमेन्टले आफ्नो उत्कृष्ट ६४ डिलर तथा बिक्रेताहरुलाई विभिन्न विधाका अवार्डबाट सम्मानित गरेको थियो ।

उक्त समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको थियो । राष्ट्रिय कलाकारहरुमा स्वस्तिमा खड्का, हेमन्त राना, कार्टुन क्रुज जस्ता लोकप्रियनामहरु समावेश थिए भने अन्तर्राष्ट्रिय कलाकारमा भारतीय सुपरिचित हास्य वंग्य कलाकार डा. महसुर गुलाटी अर्थात सुनिल ग्रोबरको प्रस्तुती रहेको थियो ।

उक्त समारोहलाई सम्बोधन गर्ने क्रममा शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्र्रकुमार गोएलले आफ्ना सम्पूर्ण बिक्रेता तथा डिलर साथीहरुलाई अझ मेहेनत गरी लगनका साथ शिव्म सिमेन्टलाई नेपालको मात्र नभई दक्षिण एसिया कै नं. १ सिमेन्ट बनाउनका लागि आवहन गरेका थिए ।

त्यसैगरी, उक्त कार्यक्रमका नेशनल डाईमण्ड अवार्ड विजेता सोहन मुरर्काले यस्तो कार्यक्रमहरुको आयोजनाले डिलर्सहरुलाई थप उत्साहित बनाउने र भविष्यमा दिगो मेहनत गर्न प्रेरित गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.