एनसेलको फोरजी सेवा अब लाहान र धनगढीमा

  २०७४ पुष २२ गते २१:१३     विकासन्युज

काठमाडौं । देशकै वृहद चौथो पुस्ताको मोवाइल सेवा (फोरजी) कभरेजलाई थपविस्तार गर्दै, एनसेल प्राइभेट लिमिटेडले आफ्नो फोरजीअर्थात लङ्ग टर्म इभोलुसन (एलटिई) सेवालाहान(सिराहा) र धनगढी (कैलाली) मा पनि विस्तार गरेको छ । यहि आइतबारदेखि यी दुई शहरहरुमा फोरजी सेवा संचालनमा आउने कम्पनीले जनाएको छ ।

सेवा विस्तारसँगै एनसेलको फोरजीसिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोवाइल सेट प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब लाहान र धनगढीमा पनि दु्रतगतिको मोवाइल ब्रोडब्याण्ड सेवाको मजाका साथै यसबाट लाभलिन सक्ने कम्पनीले जनाएको छ । यो सेवाविस्तारसँगै एनसेलको फोरजी सेवा देशको विभिन्न २१ शहरमा पुगेको छ र एनसेल फोरजी सेवाको पहुँच १५५ भन्दा बढि जनसंख्यामा पुगेको छ ।

“अझधेरै मानिसलाई नयाँप्रविधिमा आधारित दुर्तगतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच सुनिश्चित गर्दै थप २ शहरहरु लाहान र धनगढीमा पनि फोरजी सेवा प्रदा नगर्न पाउँदा हामी निकै हर्षित छौं,” एनसेलका कर्पोरेट सर्भिसे ज्निर्देशक प्रणय आचार्यले भने । ‘‘राष्ट्रिय ब्रोडब्याण्ड नीतिले लिएका लक्ष्य प्राप्ति तथा डिजिटल नेपाल निर्माणमा योगदान पुर्याउदै, आफ्नो प्रतिवद्धता बमोजिम हामी जनसंख्याको १५ प्रतिशतभन्दा बढिमा यो सेवाको पहुँच सुनिश्चित गर्न सफल भएका छौ ।”

एनसेलको फोरजी सेवा अब देशको विभिन्न २१ शहरमा उपलब्ध

१५ प्रतिशतभन्दा बढि जनसंख्यामा देशकै वृहदफोरजी नेटवर्कको पहुँच

ग्राहकले रु १ मा आफ्नो सिमफोरजीमाअपग्रेड गरी १ जिबीफोरजी डेटा पाउन सक्ने

जेठ १८ देखि सुरु भएको एनसेलको फोरजी सेवाहाल काठमाडौ उपत्यका (नगरकोट सहित), बनेपा, धुलिखेल, पोखरा, दमौली, विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगंज, भैरहवा, बुटवल, कोहलपुर, नेपालगञ्ज र विरेन्द्रनगरमा उपलब्ध छ ।

आफ्नो सिम कार्डलाई अझै फोरजीमा परिवर्तन नगरेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई आफूले प्रयोग गरीरहेको सिमलाई फोरजीचल्ने सिम (युसिम) सँग मात्र रु १ शुल्क तिरेर साट्न सक्छन् । ग्राहकले आफ्नो नागरिकता वा सवारी चालकअनुमतिपत्र पेश गरी सिम साट्न सक्छन् । यसरी सिम परिवर्तन गर्दा ग्राहकको मोवाइलनम्बरमा कुनै परिवर्तन हुने छैन । साथै ग्राहकले १ जिबी फोरजी डेटा पनि प्राप्त गर्नेछन् । प्राप्तडेटा ३ दिनको लागि मान्य हुनेछ ।

यसका साथै फोरजी सेवाप्रयोग गर्ने ग्राहकले ‘बाइवान गेट वानफ्रि’योजना अन्तर्गत कुनै पनि डेटा प्याकको खरिदमा त्यही भोलुम बराबरको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्नेछन् । यसरी प्राप्त फोरजी डेटा बोनस ग्राहकले फोरजी नेटवर्कमा प्रयोग गर्न सक्छन् । यससँगै एनसेलले योण्डर म्युजिकएपमा ३० दिन सम्मनिःशुल्कअनलाईन गीत सुन्न तथा डाउनलोड गर्न सकिने सुविधाप्रदान गरेको छ । ग्राहकले एस्ट्रिक्स३२४ह्यास डायल गरी योण्डर म्युजिकको निःशुल्क मजालिन सक्नेछन् । योण्डर म्युजिक २ करोड भन्दा बढि गीतहरु रहेको एक वृहद डिजिटल लाइब्रेरी हो, जसमा १५,००० भन्दा बढि नेपालीगीत संगीतहरु पनिउपलब्ध छन् । ग्राहकले अंग्रेजीमा ‘क्यु’ टाइप गरी ३२४ मा एसएमएस पठाई आफ्नो सिमफोरजीसिम हो की होइनभन्ने जानकारी प्राप्तगर्न सक्छन् ।

फोरजी÷एलटिई प्रविधिअन्र्तगतफ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्चगतिको इन्टरनेट सेवाउपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोवाइल डिभाइसमा अझ धेरै र राम्राएप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदानगर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतकाकामहरु गर्न सक्नेछन् ।

एनसेलले आफ्नो फोरजी सेवाअझविस्तार गर्दै, ग्राहकलाई दुर्तगतिको मोवाइलब्रोडब्याण्डले ल्याउने नयाँअवसरहरुबाट लाभपुर्याउने लक्ष्यलिई विभिन्नशहरहरुमा नेटवर्क परीक्षण गरीरहेको छ । फोरजी सेवाको विस्तारसँगै ग्राहककालागिविभिन्नआकर्षक अफर ल्याउनकम्पनी प्रतिवद्ध रहेको एनसेलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.