टोयटाले कर छलेको आशंका, वैद्य अर्गनाइजेशनले कागजपत्र देखाउन सकेन

  २०७४ पुष २१ गते १८:३०     विकासन्युज

काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाले शुक्रबार टोइटा ब्राण्ड गाडीको आधिकारीक बिक्रेता यूनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालीमा अनुगमन गरेको छ ।

विभागले सेवाग्रहीको उजुरीको आधारमा काठमाडौंको धुम्बराहीस्थित वैद्य अर्गनाइजेशन अन्तर्गतको युनाइटेडले विभागलाई आवश्यक कागजात देखाउन सकेन ।

विभागका निर्देशक लक्ष्मण श्रेष्ठकाअनुसार अनुगमनको क्रममा कम्पनीले प्रज्ञापनपत्र र मूल्य सिट देखाउन सकेन । कागजात देखाउन नसकेपछि तीन दिन भित्रमा विभिन्न मोडलका गाडीको कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

त्यस्तै गएको एक महिनाको अबधिमा महिन्द्रा, सुजुकी मारुती र हुण्डाई गाडीहरुको आधिकारिक बिक्री कम्पनीमा समेत अनुगमन गरिएकोे विभागका शाखा अधिकृत रमेशकाजी श्रेष्ठले बताए ।

उनले अनुगमन गरेको मध्ये महिन्द्रा गाडीको बिक्रेता अग्नि इनकर्पोरेट र सुजुकी मारुती गाडीको बिक्रेता सिजी अटोमोबाइल्सको फाइल ठगी मुद्धामा महानगर प्रहरी परिषद टेकुमा पठाइसकेको विकासन्युजलाई जानकारी दिए । त्यस्तै हुण्डाई गाडीको बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टलको फाइल भने विभागमा नै अनुसन्धानको क्रममा रहेको उनको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.