१४ औँ राष्ट्रिय औद्योगीक प्रदर्शनी सम्पन्न, साढे २ करोडको कारोबार

  २०७४ पुष २० गते १७:१२     विकासन्युज

काठमाडौं । फुटबेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको आयोजनामा भएको १४ औँ राष्ट्रिय औद्योगीक प्रदर्शनी सम्पन्न भएको छ । भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा भएको प्रदर्शनीमा करिब ७५ हजार दर्शकले अवलोकन गरेको तथा करिब साढे २ करोड रुपैयाँ बराबरको कारोबार भएको मेला संयोजक नानीराज घिमिरेले जानकारी दिए ।

समापन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले प्रदर्शनीको समापन गर्दै सरकारले मुलुकमा ससाना घरेलु उद्योगलाई संरक्षण गर्नुपर्ने नीतिलाई अवलम्बन गर्नुपर्नेमा जोड दिए । सोही महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले स्वदेशी उत्पादनलाई वृद्धि गरी आयात प्रतिस्थापन गर्नसकेमा मात्र देशमा आर्थिक विकास हुने बताए ।

कार्यक्रममा संघका अध्यक्ष रविन कुमार श्रेष्ठले प्रदर्शनीका प्रायोजक तथा सहभागीहरु कम्पनीहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको लागी आव्हान गरेका छन् । सो अवसरमा अध्यक्ष श्रेष्ठले जुत्ता उद्योगमा भित्रिएको विकृती र वषै भरी जुत्ता मेला लगाउने प्रवृतीले जुत्ता उद्योगनै धरासयी हुने भन्दै यस तर्फ वेलैमा सचेत हुन सबैलाई आग्रह गर्दै संघले त्यसका विरुद्ध उचित कदम चाल्ने बताए ।

मेलाको प्रर्वद्धनमा उत्कृष्ट सहभागीता ब्राण्ड प्रती ग्राहकको अभिरुची, स्टलको सजावट लगायत सम्पूर्ण विद्यालाई ध्यान दिई गोल्ड स्टार र हात्ति छाप चप्पललाई बेस्ट इभेन्ट पर्फमेन्स अवार्ड को रुपमा सम्मानीत गरिएको थियो । त्यसै गरी बाँकी प्रायोजकहरु मध्येबाट बेस्ट स्टल अवार्ड म्याजिक फुटवेयर, अन्य सहभागी स्टलहरुबाट स्काई सुज र ल्याण्ड वाक सुजलाई वेस्ट स्टल अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा गुणस्तरीय उत्पादनका आधारमा कोशेली सुज, एनबी फुटवेयर र ह्युमान फिट लेदर क्राफ्टलाई वेस्ट प्रडक्टको अवार्ड प्रदान गरिएको थियो ।

सो अवसरमा मेलामा सहभागी स्टलवाट उत्कृष्ट स्काई सुज,‘आत्मनिर्भरताको आधार स्वदेशी उत्पादनको प्रयोग’ भन्ने नारा रहेको प्रदर्शनीमा स्वदेशी छालाजुत्ता तथा वस्तु उत्पादकको सहभागिता थियो भने प्रदर्शनीमा नेपाली छाला जुत्ता, ज्याकेट, ब्याग र चप्पलको स्टल राखिएको थियो ।

प्रदर्शनीमा सर्वसाधारणदेखि सरकारका मन्त्री, उच्च पदस्थ कर्मचारी तथा पूर्वमन्त्री समेतले अवलोकन गरेका थिए । यस प्रदर्शनीको मुख्य आकर्षणको रुपमा स्वदेशमै गरिएको रबर खेती एवं उत्पादन तथा अपांगमैत्री जुत्तासमेत राखिएको र कुल १३५ बिक्री कक्ष रहेको थियो । यस पटकको प्रदर्शनीमा कम्पनीहरुले आफ्नो स्टल व्यवस्थापनलाई भव्य बनाउन आकर्षक सजावट गर्नृुका साथै अन्तर्राष्ट्रिय स्तरको झझल्को प्रदान गरेका थिए ।

प्रदर्शनीको क्रममा हरेक दिन पनि रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य जाँच र साँझपख फेसन शो आयोजना गरिएका थियो । मेला अवधिभर आयोजना गरेको रक्तदान कार्यक्रममा ११२ पिन्ट रगत संकलन भएको छ । प्रदर्शनीलाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघले सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.