आरके गोल्छा ग्रुपले भित्र्यायो क्रिष्टल ब्राण्डका विद्युतीय उत्पादन

  २०७४ पुष २० गते १४:१८     विकासन्युज

काठमाडौं । नेपालको उद्योग तथा व्यापारको क्षेत्रमा प्रतिष्ठित गोल्छा ग्रुप अन्तर्गतको आरके गोल्छा ग्रुपले क्रिष्टल इलेक्ट्रीकका विद्युतीय उत्पादनहरुको नेपाली बजारमा बिक्री बितरण सुरु गरेको छ ।

बुधबार एक कार्यक्रमका बिच आरके गोल्छा ग्रुपलको आरिहान्त कमर्शियलले क्रिष्टल इलेक्ट्रीकको क्रिष्टल स्वीच गियर्सको बिक्री बितरण सुरु गरेको हो ।

नेपालमा गोल्छा अर्गनाइजेशन अन्तर्गतको आरिहान्त कमर्शियल प्रालिले आधिकारिक रुपमा क्रिष्टलका उत्पादनहरुको बिक्री बितरण गर्नेछ । आरिहान्त कमर्शियलले नेपाली बजारमा विद्युतीय उपकरण अन्तर्गतका एमसीसीबी, डिष्कनेक्टर फ्यूज, चेञ्जओभर सिरिज भित्र्याएको हो । त्यसैगरी क्रिष्टलका उत्पादनहरु गिजर, स्वीच फ्यूज युनिट, एमसीबी, अफलोड चेञ्जओभर, एमसीबी डिष्ट्रीव्यूसन बोर्ड लगायतका उत्पादन नेपाली बजारमा भित्रिएका छन् ।

अहिले बजारमा पाइने उत्पादनहरुको तुलनामा क्रिष्टलका उत्पादनहरु गुणस्तरीय रहेको आरिहान्त कमर्शियलका महाप्रबन्धक विजय कुमार रायलेदाबी गरे । उनले छोटो समयमा नै आफ्ना उत्पादनहरु उच्च गुणस्तरका कारण नै लोकप्रिय बन्ने विश्वास समेत व्यक्त गरे ।

साथै कम्पनीले क्रिष्टल ब्राण्डको नयाँ प्रविधिको ट्रान्सफरमर नेपाली बजारमा ल्याएको छ । सिएसपि (कम्लिट सेल्फप्रोटेक्सन) प्रविधिकायी साधानले विद्युत महशुल न्युनिकरण सहयोग गर्छ र ट्रान्सफरमरको आयु समेत बढाउँछ । यो प्रविधि नेपालमा विद्युत खपत कम गर्नका लागि उपयोगी हुने कम्पनीको भनाई छ ।

बजारमा आफ्नो उपस्थिती बलियो बनाउनका लागि उपभोक्तालाई सुपथ मूल्यमा आफ्ना उत्पादन बिक्री बितरण गर्ने लक्ष्य गोल्छा समुहले लिएको छ ।

‘भारतीय बजारमा क्रिष्टलका उत्पादनहरु अधिक रुचाइएका छन् । उच्च गुणस्तरकाकारण नै यो सम्भव भएको हो । अब नेपालीउपभोक्ताले पनि हाम्रा उत्पादनको भरपुर सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास हामीले लिएका छौं ।,’ महाप्रबन्धक रायले भने ।

आईएसओ ९००ः२०१५ मान्यता प्राप्त क्रिष्टल इलेक्ट्रीकका उत्पादनहरुले भारतका विभिन्न ल्याब परीक्षणमा उत्कृट नतिजा प्राप्त गरेका छन् । सन् १९६० देखि विद्युतीय उत्पादन सुरु गरेको क्रिष्टलले उपभोक्ताको मन जित्न सकेका कारण नै विभिन्न अवार्डहरु समेत प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.