६ बर्षमा एक अर्ब ४१ करोड नगद अनुदान, उपलब्धि कति ?

  २०७४ पुष २० गते १२:११     विकासन्युज

काठमाडौं । सरकारले निर्यातमा उपलब्ध गराउँदै आएको नगद अनुदानमाथी प्रश्न उठेको छ । गत ६ आर्थिक बर्षमा एक अर्ब ४१ करोड रुपैंयाँ निर्यातमा नगद अनुदान दिईसकिएको छ । तर निर्यातको मात्रा भने अझै पनि अपेक्षाकृत रुपमा बढ्न सकिरहेको छैन् ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नर बहादुर थापाका अनुसार आर्थिक बर्ष २०६८।६९ देखि गत आव २०७३।७४ सम्ममा एक अर्ब ४१ करोड रुपैंयाँ नगद अनुदान दिईसकिएको छ ।

आव ६८।६९ मा १० करोड, ६९।७० मा १८ करोड, ७०।७१ मा ३८ करोड, ७१।७२ मा २५ करोड, ७२।७३ मा २० करोड र ७३।७३ मा २९ करोड नगद अनुदन दिएको थियो । तर निर्यात भने अझै पनि नबढेकाले यसमा पुनर्विचार गर्नुपर्ने अवस्था आएको हो ।

उनले निर्यात बढाउन नसक्ने उत्पादनहरुले पनि अनुदान पाईरहेको पनि बताए । हाल निर्यातजन्य उद्योगहरुले कुल निर्यातको २ प्रतिशत नगद अनुदान पाउँदै आएको हस्तकला महासंघका सहायक निर्देशक सुविन्द्र बज्राचार्यले बताए ।

उता, अर्थविद डा. पोषराज पाण्डेले भने पनि निर्यातमा उपलब्ध गराइने नगद अनुदानमाथी पुनर्विचार गर्नुपर्ने धारणा राखे । निर्यात जन्य उत्पादनहरुको बिशेष प्रवद्र्धन गर्न नसकिएकाले पनि निर्यात बढाउन नसकिएको पाण्डेले बताए ।

उनले निर्यातको अधिक सम्भावना भएका निश्चित उत्पादनहरु तोकेर नगद अनुदात तथा अन्य सुबिधाहरु दिनुपर्नेमा पनि जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.