प्रधानमन्त्री कार्यालयले भन्यो- प्रदेशको राजधानी तोकिएको छैन !

  २०७४ पुष १९ गते १६:४०     विकासन्युज

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हालसम्म सरकारले अस्थायी राजधानी नतोकेको जनाएको छ । पछिल्लो समय केही सञ्चार माध्यमहरुले अस्थायी राजधानी तोकेको भन्ने भ्रामक हल्ला चलाएको भन्दै कार्यालयको त्यसप्रति ध्यानाकर्षण भएको बताएको छ ।

कार्यालयका अनुसार नेपाल संविधानको धारा २८८ को उपधारा (३) बमोजिम प्रदेशको कार्य सञ्चालन गर्ने स्थान तोक्ने सम्बन्धमा हालसम्म कुनै निर्णय भएको छैन । यस सम्बन्धमा भ्रममा नपर्न कार्यालयले जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.