व्यवसायीले प्रधानमन्त्रीसँग भने-बैंकले ऋण दिएनन्, लगानी कसरी गर्नु ?

  २०७४ पुष १८ गते १६:१५     विकासन्युज

काठमाडौं । बैंकिङ प्रणालीमा देखिएको लगानीयोग्य पुँजी अभाव संकटले अर्थतन्त्र विस्तारमा अवरोध गर्ने भन्दै यसको समधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरेका छन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्तशर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री देउवालाई भेटी तरलताको कारणले उद्योग–व्यवसायमा परेको समस्याको तत्काल सम्बोधनका लागि पहल गरिदिन आग्रह गरेको थिए ।

तरलताको संकटले बैकिङ्ग प्रणालीबाट प्रवाहित कर्जाको व्याजदरमा उल्लेखनीय वृद्धि भई उद्योगको उत्पादन लागत बढेर उद्योग र व्यावसायिक क्षेत्रमा प्रतिकूल असर पर्न गएको जानकारी गराएको छ । परिसंघले कर्जाको ब्याजदर महंगिएपछि उद्योगको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आएको अध्यक्ष शर्माले जानकारी गराएका थिए ।

यही अवस्था कायम रहे आगामी वर्ष मुलुकको व्यवसाय गर्ने लागत छिमेकी मुलुकसँग प्रतिस्पर्धा गर्न नसक्ने स्थितिमा हुने भन्दै सचेत समेत गराएको छ । अर्थतन्त्रको आकार बढे अनुरुपको आर्थिक व्यवस्थापन पक्ष कमजोर रहेको र वित्तीय अनुशासन कायम गरी ब्याजदरलाई वान्छित सीमाभित्र ल्याउनु सम्बन्धित सरोकारवाला नेपाल राष्ट्र बैँक, अर्थ मन्त्रालय, नेपाल बैँकर्स एशोसियसनलगायतले उपयुक्त मौद्रिक उपकरण प्रयोगमा जोड दिए ।

प्रधानमन्त्री देउवाले आर्थिक समृद्धि तथा समग्र अर्थतन्त्रको विकासको लागि आफू कटिवद्ध रहेको र हाल देखिएको तरलताको समस्या सम्बन्धित सरोकारवालासँग छलफल गरी सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.