सौर्य विद्युत् उत्पादक संघमा गौतम निर्वाचित

  २०७४ पुष १७ गते १६:२०     विकासन्युज

काठमाडौं । नेपाल सौर्य विद्युत् उत्पादक संघको १७ औँ साधारणसभाले किरण गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

पोखरामा सम्पन्न साधारणसभाले संघको वरिष्ठ उपाध्यक्षमा इन्द्र खनाल, प्रथम उपाध्यक्षमा प्रकाशविक्रम बस्नेत, द्धितीय उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, महासचिवमा सुनिल ढकाल, सचिवमा किरण प्रधान, कोषाध्यक्षमा विनोद सापकोटा निर्वाचित भएका छन् ।

संघको कार्यकारी सदस्यमा केशव दाहाल, दीपक जोशी, विश्वविक्रम जोशी, ओम केसी, रुद्र पुन नवीन शाही, भरत मल्ल श्रीराम अधिकारी, पदम भट्टराई, दीपक गौतम र जीतेन्द्र भट्टराई रहेका छन् ।

संघमार्फत देशभर छ लाख १७ हजार ४६ वटा घरेलु सौर्य प्रणाली, एक लाख दुई हजार १९ वटा साना सौर्य प्रणाली, १४ हजार ६७६ संस्थागत सौर्य प्रणाली र एक हजार ६९६ का सौर्य पम्प जडान भएको सो अवसरमा जानकारी दिइयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.