पाँच महिनामा वैदेशिक लगानी प्रतिवद्ता ३ गुणा बढ्यो

  २०७४ पुष १७ गते १४:२७     रोजिना राई

काठमाडौं । पाँच महिनामा वैदेशीक लगानीको प्रतिबद्धता झण्डै तीन गुणा बढेको छ ।  स्थानिय तहको निर्वाचन तथा राजनीतिक दलहरुले गरेका आर्थिक समृद्धिको प्रतिवद्धताको कारण वैदेशीक लगfनी बढेको हो ।

स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचनले नेपालमा राजनीतिक स्थायीत्व हुने संभावना बढेपछि लगानीको प्रतिवद्धता बढेको हो ।

उद्योग विभागको तथ्याङ्क अनुसार पाँच महिनामा २.९ प्रतिशत वैदेशीक लगानीको प्रतिबद्धता बढेको छ ।

तथ्याङ्क अनुसार चालु अर्थिक वर्षको पाँच महिनामा १३ अर्ब १२ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको हो । गएको वर्षको सोही महिनामा ४ अर्ब ४१ करोड रुपैयाँको मात्रै लगानीको प्रतिबद्धता आएको थियो ।

तथ्याङ्क अनुसार कृषि तथा वनजन्य क्षेत्रमा १ अर्ब ८५ करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ । जबकी गएको वर्ष सोही अबधिमा ४ करोड रुपैयाँको मात्रै लगानीको प्रतिबद्धता आएको थियो ।

त्यस्तै पाँच महिनाको अबधिमा निर्माण तथा प्रशोधन क्षेत्रमा ५ गुणा भन्दा बढी लगानीको प्रतिबद्धता प्राप्त भएको छ । तथ्याङ्क अनुसार यो पाँच महिनामा ५ अर्ब ३२ करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ । गएको सोही अबधिमा उक्त प्रतिबद्धता १ अर्ब ३ करोड रुपैयाँ मात्रै थियो । साथै उर्जा, सुचना सञ्चार प्रविधि लगायतको प्रतिवद्धता बढेको छ ।

उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले ठूला परियोजना आएकोले लगानी प्रतिबद्धता समेत बढेको बताए । “मुलुकलाई ठूलो लगानीको आवश्यकता छ,” उनले भने “भूकम्पले क्षतिग्रस्त भौतिक संरचनाहरको निर्माण कार्यले गर्दा गएको वर्षभन्दा अहिले वैदेशिक लगानी ठूलो मात्रामा वृद्धि भएको हो ।”(प्रशिक्षार्थी)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.