तस्बीरमा हेर्नुस्: यसरी मनाइयो तमु ल्होसार

  २०७४ पुष १६ गते ७:२९     विकासन्युज

काठमाडौं । राजधानीको टु‌ंडीखेलमा गुरुङ समुदायले आफ्नो नयाँ वर्षको रुपमा तमु ल्होछार मनाएका छन् । आफन्तसँग भेटघाट गर्ने, नयाँ लुगा लगाउने र सेलरोटी, खिरलगायत मिठा परिकार खाएर नाचगान गरी ल्होसार मनाउने गरिन्छ ।

गुरुङ समुदायले चरा वर्गलाई बिदाइ गरि कुकुर वर्गलाई स्वागत गरेर तमु ल्होसार’ पर्व मनाए । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होछार’ भनिन्छ । विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने यस तमु वर्षमा गएको वर्ष चराको वर्ष थियो भने यस वर्ष कुकुरको वर्ष ( खि ल्हो ) रहनेछ । यस वर्ष भने कुकुरको शुभ वर्षले तमु संस्कारमा आफ्नो प्रभाव राख्ने विश्वास गरिन्छ ।

शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि सहभागिता थियो ।

‘तमु ल्होछार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

ल्हाेछारकाे राैनक दिपेन गजुरेलले कैद गरेको तस्बिर :













Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.