उपेन्द्र शाहीको कारवाही फुकुवाले अखिलमा पुनः विवाद

  २०७४ पुष १४ गते १६:०८     विकासन्युज

काठमाडौं । विवादित छविका सचिवालय सदस्य उपेन्द्र शाहीको कारवाही फुकुवा सम्बन्धी सर्कुलरले एमाले अखिलमा पुनः विवाद देखिएको छ । अखिल महासचिव ऐन महरले स्थायी कमिटीको निर्णय भन्दै विवादित सचिवालय सदस्य उपेन्द्र शाही माथीको कारवाही फुकुवा फिर्ता गरेको सर्कुलर पठाएका थिए ।

तर कारवाही सम्बन्धी निर्णय स्थायी कमिटीले नगरेको अखिल सचिवद्धय सुदेश पराजुली र वसिम आलमले दावी गरेका छन् । उनीहरु दुबैले आर्थिक अनियमितता प्रमाणित भएका शाही माथी गरिएको कारवाही फुकुवा सम्बन्धी निर्णय स्थायी कमिटीले नगरेको बताएका छन् । एमाले केन्द्रिय सदस्य तथा अखिल इञ्चार्ज रविन्द्र अधिकारीले नै स्थायी कमिटी बैठकमा शाहीलाई कारवाही गरिएको माइन्युट लेख्न लगाएका थिए ।

तर पछिल्लो स्थायी कमिटी बैठकबाट शाही माथीको कारवाही फुकुवा गरिएको भन्दै महासचिवले सर्कुलर गरेपछि पराजुली र आलमले बिरोध जनाएका हुन् । उनीहरुले अर्का सचिवालय सदस्य लक्ष्मण हायुलाई स्थायी कमिटी सदस्यमा मनोनित समेत नगरिएको स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.