नेपाल औषधी उद्योगले माघदेखि सिटामोल उत्पादन गर्ने,१ ट्यावलेटको १ रुपैयाँ

  २०७४ पुष ११ गते १४:२९     विकासन्युज

काठमाडौं । नेपाल औषधी उद्योग लिमिटेडले आउदो माघदेखि सिटामोल उत्पादन थाल्ने भएका छ ।

सिटामोल उत्पादनको काम सुरु गर्न ९० प्रतिशत काम सकिएको महाप्रवन्धक डा. रोमशकुसुम सुवेदीले बताए ।

उद्योगले पहिलो चरणमा गत वैशाखदेखि जीवनजल उत्पादन थालेको थियो । उनले सिटामोल प्रतिट्यावलेट १ रुपैयाँ पर्ने जानकारी दिए ।

गत वैशाखदेखि सञ्चालनमा आएको उद्योगले आउदो ६ महिनापछि विश्व स्वास्थ्य संगठनको असल उत्पादन प्रणाली (जीएमपी) को प्रमाणपत्र पाउने भएको छ ।

निजी कम्पनीसंग प्रधिस्पर्धा गर्न नसकेको र व्यवस्थापकीय कमजोरीका कारण बन्द रहेको नेपाल औषधी तत्कालिन उद्योगमन्त्री नविन्द्रराज जोशीको प्रयासमा सञ्चालनमा आएको हो ।

यसअघि उद्योगले सिटामोल, जीवनजललगायत विभिन्न ब्राण्डका औषधी उत्पादन गरेको थियो । सरकारले १४ करोड रुपैयाँ अनुदान दिएपछि नयाँ उपकरण खरिद गरी उद्योग सञ्चालनमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.