सेयर कर्जाको ब्याज १५ प्रतिशत पुग्यो, सेयर ब्रोकर भन्छन – ७ प्रतिशत घाटामा कसले लगानी गर्छ ?

  २०७४ पुष ११ गते ११:५५     विकासन्युज

काठमाडौं । बैंकहरुले सेयर कर्जाको ब्याज दर बढाएर १५ प्रतिशतसम्म पुर्याएका छन् । पछिल्लो समयमा बजारमा लगानीयोग्य पुँजी कम हुदै गएपछि बैंकले सेयर कर्जा १५ प्रतिशतसम्म लिन थालेका छन् ।

बैंकले १२० दिनका लागि १२ प्रतिशत ब्याजमा मुद्धति निक्षेप उठाउन थालेपछि यसको असर कर्जामा परेको हो । अहिल अधिकाँश बैंकले ब्याजदर बढाइसकेका छन् ।

सबै बैंकले पुँजी पुर्याइसकेको, बैंकको ब्याजदर बढेको र राजनीतिक अस्थितरता पनि देखिदा यसले बजारमा असर गरेको लगानीकर्ताको भनाई छ । पछिल्लो २ सातायता सेयर बजार निरन्तर घट्दै गएको छ । बजार घटेर नेप्से परिसुचक साढे १४ सयको हारहारीमा आइसकेको छ ।

सानिमा बैंकले सेयर कर्जाको ब्याजदर बढाएर १५ प्रतिशत पुर्याएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहाल बताउछन् । “१५ प्रतिशत ब्याज तोक्नु लगानीकर्तालाई सेयर कर्जा लिन नआउनु भनेको हो” उनले भने । सानिमाले ४० करोड रुपैयाँ हारहारीमा सेयरकर्जा लगानी गरेको उनले जानकारी दिए ।

यता सिभिल बैंकले १२ प्रतिशत ब्याज दरमा सेयरकर्जा लिन लगानीकर्तालाई बोलाएको छ । बजार ओरालो लागि रहेका बेला बढाउनका लागि बैंकले सेयर धितोमा राखी तत्काल कर्जा लिन पाइने गरी सेयर धितो कर्जा छिटो योजना ल्याएको हो । सेयर धितोमा राखेर सरल प्रक्रियाबाट आकर्षक ब्याज दरमा तत्काल कर्जा पाइने बैंकले जानकारी दिएको छ ।

बैंकले सजिलै कर्जा दिन्छु भनेर बिज्ञापन निकाले पनि ब्याज दरले महंगो लिने गरेको लगानीकर्ताको भनाई छ । सेयर बजार नबढ्नुमा बैंकको ब्याजदर बढी मुल कारण भएको एक स्टक ब्रोकरल बताए । “बैंकको ब्याजदर कम नभएसम्म बजार बढ्ने संभावना छैन” ती ब्रोकरले भने “अहिले त्यो संभव देखिएको पनि छैन् ।” अहिले बैंकबाट ऋण लिएर सेयरमा लगानी गर्दा ७ प्रतिशत भन्दा बढी नोक्सान हुने ती ब्रोकरको भनाई छ ।

बैंकको ब्याजदर बढेपछि मारवाडी समुदायले सेयरमा लगानी नगर्दा बजार नबढेको ब्रोकरको निश्कर्ष छ । ब्याज दर बढेपछि त्यो समुदायले सेयर बजारबाट हात झिकेको हो ।

चालु आर्थिक वर्षको कात्तिकसम्म सेयर कर्जा साढे ५ प्रतिशत बढेर ४२ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । ४ महिनामा बैंक तथा वित्तीय संस्थाले २ अर्ब २१ करोड ५२ लाख रुपैयाँ सेयरमा लगानी गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.