सिभिल बैंकले सेयर कर्जा लिन बोलायो, तुरुन्त पाइने

  २०७४ पुष ११ गते ८:४४     विकासन्युज

काठमाडौं । सिभिल बैंकले लगानीकर्तालाई सेयर धितो कर्जा लिन बोलाएको छ । सेयर बजार ओरालो लागि रहेका बेला बढाउनका लागि बैंकले सेयर धितोमा राखी तत्काल कर्जा लिन पाइने गरी सेयर धितो कर्जा छिटो योजना ल्याएको हो ।

सेयर धितोमा राखेर सरल प्रक्रियाबाट आकर्षक ब्याज दरमा तत्काल कर्जा पाइने बैंकले जानकारी दिएको छ ।बैंकले सेयरको मूल्याँकन गरेर ५० प्रतिशत मात्र कर्जा दिने भएको छ ।

कर्जाको ब्याजदर न्युनतम साढे ११ देखि १२ प्रतिशतसम्म हुने बैंकले जनाएको छ । निक्षेपको ब्याज दर बढी रहेको बेला बैंकले आकर्षक ब्याज दरमा सेयर कर्जा निदे भनेका छ ।

सेयर ब्रोकरलाई सेयर किन्नका लागि मार्जिन ट्रेडिङ लागु हुन लागेका बेला बैंकले सेयर कर्जा योजना ल्याएको हो ।

चालु आर्थिक वर्षको कात्तिकसम्म सेयर कर्जा साढे ५ प्रतिशत बढेर ४२ अर्ब ६९ करोड रुपैयाँ पुगको छ । ४ महिनामा मात्रै २ अर्ब २१ करोड ५२ लाख रुपैयाँ सेयर कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.