२४९८ परिवार भूकम्प पीडितलाई एकिकृत बस्तीमा नयाँ घर

  २०७४ पुष १० गते १५:०६     विकासन्युज

काठमाडौं । २४९८ परिवार भूकम्प पीडितलाई एकिकृत नमुना बस्तीमा सारिने भएको छ । तीमध्ये पनि ९६ परिवारलाई एकिकृत बस्तीका लागि घडेरी उपलब्ध गराईसकिएको छ । पुननिर्माण प्राधिकरण नापी शाखाका प्रमुख कमल प्रसाद घिमिरेका अनुसार हालसम्म २४९८ परिवार भूकम्प पीडितलाई स्थानान्तरण गरेर एकिकृत बस्तीमा सार्नुपर्ने निर्णय भएको हो । अझै करिब ५ सय परिवार भूकम्प पीडितलाई स्थानान्तरण गर्नुपर्नेबारे थप अध्ययन भैरहेको छ ।

हालसम्म ९६ परिवार भूकम्प पीडितले घर बनाउन घडेरी पाईसकेका छन् । नुवाकोटको उर्लेनीका २४ परिवारले नुवाकोटकै खरानीटारमा ८ रोपनी जमिन पाएका छन् । त्यस्तै, रसुवाको डाँडागाउँका थप २४ परिवारले पनि नुवाकोटको शान्तिबजारमा घडेरी पाईसकेका छन् । प्राधिकरणले केहि दिन अघि मात्रै रसुवाको डाँडागाउँका थप ४८ परिवारलाई रसुवाकै बोगटीटारमा घडेरी उपलब्ध गराईसकेको छ ।

सरकारले स्थानान्तरण गरिनुपर्ने भूकम्प पीडितहरुलाई प्रति परिवार २ लाख रुपैंयाँका दरले घडेर खरिदका लागि उपलब्ध गराउने नीति लिएको छ । एकिकृत बस्ती विकासको योजना अनुसार खरिद हुने घडेरीमा प्राधिकरणले वत्ति, पानी, ढल, विद्यालय लगायतका संरचनाहरुको निर्माण भने आफैंले गरिदिनेछ । घडेरी पाउने भूकम्प पीडितहरुले घर बनाउन थप ३ लाख नगद समेत पाउनेछन् ।

केहिदिन भित्रै रसुवाका १० परिवार, नुवाकोटको उर्लेनीका थप ४७ परिवार र घ्याङफेदीका ७० परिवारलाई एकिकृत बस्तीमा घर बनाउन घडेरी उपलब्ध गराउने कार्यक्रम तयार भएको पनि घिमिरेले जानकारी दिए । त्यस्तै सिन्धुपाल्चोकको तीन ठाउँका भूकम्प पीडितलाई घडेर उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने गोरखाको पाइप लाइनमा रसुवाकै १० परिवार केरौँजामा एकिकृत बस्ती निर्माणका लागि स्थलगत अध्ययनको चरणमा पुगेको छ ।

भूकम्पले बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेका पीडितहरुलाई एकिकेत बस्तीमा सार्ने योजना अन्तर्गत पुननिर्माण प्राधिरणले आफ्नो काममा तिब्रता दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.