पुस १३ देखि नेपाली जुत्ता चप्पलको औद्योगिक प्रदर्शनी, १५ प्रतिशतसम्म छुट

  २०७४ पुष १० गते १२:२८     विकासन्युज

काठमाडौं । पुस १३ गतेदेखि राजधानीको भृकुटीमण्डपमा नेपाली छाला जुत्ता तथा चप्पलहरुको राष्ट्रिय औद्योगीक प्रदर्शनी आयोजना हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालले आयोजना गर्ने प्रदर्शनी १८ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा देश भरि छरिएर रहेका साना, मझौला एवं ठुला जुत्ता चप्पल उद्योगीहरुको उत्पादन समावेश गरिनेछन् । प्रदर्शनीमा १० वटा पेभिलियन सहित १३५ वटा स्टलहरु रहनेछन् ।

प्रदर्शनीमा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता स्कुल कलेजका युनिफर्मका जुत्ता, जेन्टस तथा लेडिज चप्पल एवं यस उद्योगसंग सम्बन्धित कच्चा पदार्थहरु तथा फुड स्टलहरु समेत रहनेछन् । प्रदर्शनीमा १५ प्रतिशतसम्म छुटको सुबिधा उपलब्ध हुनेछ । नेपाली जुत्ता चप्पल उत्पादन क्षेत्र बारे अनुसन्धान प्रतिबेदन २०७४ अनुसार ठूला तथा मझौला उद्योगहरु कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका २२९, घरेलु तथा साना उद्योग विभाग र समिति अन्तर्गत दर्ता भएका ९३२,लेडिज चप्पल उत्पादक हरु १४०, फेल्ट तथा परम्परागत शिपमा आधारित अनुमानित २०० गरि कुल १५०१ उद्योगहरु रहेका छन । यी उद्योगहरुमा ५० हजारको हारा हारीमा प्रत्यक्ष रोजगारी सिर्जना भएको छ । त्यस मध्ये १६ हजार (३२ प्रतिशत) महिला कामदार रहेका छन । यी उद्योगहरुमा करिव .१९ अर्व ९४ करोड बरावरको लगानी रहेको छ ।

यी उद्योगहरुको बार्षिक उत्पादन क्षमता ११ करोड १९ लाख ७१ हजार जोर रहेता पनि हाल बार्षिक ४ करोड ३९ लाख ५८ हजार ७०० जोर मात्र उत्पादन भएकोे छ ।
आर्थिक वर्ष ०७२।०७३को तथ्याङ्क अनुसार नेपालको बजारमा ७ करोड ६२ लाख ४४ हजार १ सय ८६ जोर जुत्ता चप्पल खपत भएको थियो । जस मध्ये ३ करोड ८२ लाख ९४ हजार ७ सय ९३ जोर नेपाली जुत्ता चप्पल खपत भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.