कोर टिम बोकेर केपी ओली लाङटाङमा, जाडो छल्न की योजना बनाउन ?

  २०७४ पुष ४ गते १५:३९     विकासन्युज

काठमाडौं । सरकार गठन र पार्टी एकताको तातो बहसलाई छाडेर एमाले अध्यक्ष केपी ओली आफ्नो कार टिम लिएर लाङटाङ पुगेका छन् । आफ्ना विश्वास पात्र एमाले महासचिव इश्वर पोखरेल, सुभाषचन्द्र नेम्बाङ, बिष्णु पौडेल र शंकर पोखरेललाई लिएर ओली रसुवाको लाङटाङ रिसोर्ट पुगेका छन् ।

त्यहाँ बसेर ओलीले आफु निकटका नेताहरुलाई समानुपातिकमा सांसद बनाउने, सरकारमा आफ्ना निकटस्थहरुलाई सहभागीता गराउने, पार्टी एकताका क्रममा पनि आफु निकटका नेताहरुलाई सेटल गराउने योजना बनाउनेछन् ।

पार्टी एकता र सरकार गठनबारे माओवादी केन्द्रले बैठक राखेर छलफल अघि बढाईसकेको छ । तर ओली भने पार्टी बैठक राख्न छाडेर आफ्नो कोर टिमसहित लाङटाङ पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.