पोखरा राइनोजमा ३ विदेशी खेलाडी समावेश, समुहबाट खेल्ने उत्कृष्ट प्रतिस्पर्धीको चयन

  २०७४ पुष २ गते १६:३३     विकासन्युज

पोखरा । टीभीएस एभरेष्ट प्रिमियर लिगमा सहभागिताका लागि पोखरा राइनोजले आफ्नो तयारी जोडटोडका साथ गरिरहेको छ । नेपालको ईतिहासमै सबै भन्दा विशालक्रिकेट महोत्सवका रुपमा चर्चा गरिएको सो खेलकालागि समुहले ३ विदेशी खेलाडी समेत समावेश गराइसकेको जानकारी दिइएको छ । समुहले विदेशी खेलाडी इसरार उल्लाह, अलीआशिफ र ताजवाली समुहमा अनुबन्धित गरेको हाे ।

चयन गरिएका तीनै खेलाडी पाकिस्तानी मुलका रहेका छन् । खेलाडीमध्य ईसरार उल्लाह ३० बर्षिय पाकिस्तानी खेलाडी हुन् । क बर्गका खेलाडी मध्य पर्ने उल्लाह पेशावरका लागि खेल्छन् । त्यसैगरी, अलीआशिफ २६ बर्षिय पाकिस्तानी खेलाडी हुन् । उनी ईस्लामाबाद युनाइटेडका लागि खेल खेल्ने गर्थे भने ताजवाली पनि पाकिस्तानको क बर्गकै खेलाडी मध्य पर्छन् । सन् २०१५–१६मा आयोजित काजी–ई–ट्रफीको चौथौँ राउण्डको पाकिस्तानमा आयोजित फस्र्ट क्लास डोमेस्टिक क्रिकेटमा उनी २० बर्षको अन्तरालमा ४ बलमा ४ विकेटलिने पहिलो खेलाडी समेत बनेका थिए । उनी लेफ्ट ह्याण्ड्स ब्याट्सम्यान हुन् ।

खेलमा उत्कृष्टता तथा स्वदेशी खिलाडीलाई समेत समानअवसर प्रदानगर्ने सोचका साथ समुहले केही समय अगाडी पोखरामा ट्यालेन्ट हन्ट सञ्चालन गरेको थियो । विभिन्न चरणको प्रतिस्पर्धा मार्फत समुहले १ सय २० बाट २४ र २४बाट उत्कृष्ट ७को छनोट गरेको थियो । यसरी छनोटमा परेका खेलाडीबाट समेत पोखरा राइनोज्ले प्रतिस्पर्धाको माध्यमबाट उत्कृष्ट खेलाडीहरुको छनोट सम्पन्न गरी खेलाका लागि १६ बर्षिय देव शाह छनोट गरी सकेको जानकारी दिएको छ । उनी नेपालमा नै पहिलो लेफ्त आर्म इस्पीइनर चाइनाम्यान हुन् ।

पोखरा राइनोज समुहमा यस पटक शक्तिगौचन, विनोद भण्डारी, विक्रम सोब, विपिनखत्री, नुरध्वोज सेन, किशोर महतो, राजेश पुलामी मगर, सुनिलधमला, सौरभ खनाल, सन्तोष भट्ट, सुशनभारी, इसरार उल्लाह, अलीआसिफ, ताजवाली र देव शाह रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.