काँग्रेस र शेर बहादुरको लोकतन्त्र देखियोः ओली

  २०७४ पुष १ गते ११:२५     विकासन्युज

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले काँग्रेस र शेर बहादुर देउवाको लोकतन्त्र देखिएको टिप्पणी गरेका छन् ।

शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले बामपन्थीले चुनाव जिते भने लोकतन्त्र धरापमा पर्छ भन्ने काँग्रेसले नयाँ सरकार गठन गर्न अवरोध खडा गरेर आफ्नो असली चरित्र देखाएको आरोप पनि लगाए ।

एमाले अध्यक्ष ओलीले शेर बहादुर देउवालाई जनताले राजीनामा गराई सकेको बताउँदै उनले राजीनामा दिनै नपर्ने जिकिर पनि गरे ।
जनादेश अनुसार सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री देउवालाई आग्रह समेत गरेका थिए । कानुन अध्ययन गरेको शेर बहादुर देउवाले संबिधान बुझेको हुनुपर्ने बताउँदै ओलीले अनावश्यक बखेडामा नअल्झन सुझाव समेत दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.