१ नम्बर प्रदेशको मुख्य मन्त्रीमा तेश्रो विकल्प राजेन्द्र राई

  २०७४ मंसिर २८ गते १४:३९     विकासन्युज

काठमाडौं । १ नम्बर प्रदेशको मुख्य मन्त्रीका लागि एमाले भित्र तेश्रो विकल्पका रुपमा राजेन्द्र राईको नाम अघि सारिएको छ । पार्टी सचिव तथा प्रदेश इञ्चार्ज भिम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राईले एक अर्कालाई अस्विकार गर्ने अवस्था सृजना भएपछि तेश्रो विकल्पका रुपमा युवा नेता राजेन्द्र राईको नाम अघि सारिएको हो ।

आचार्यलाई एमाले बरिष्ठ नेता झलनाथ खनालको सहयोग रहेको छ भने उनी प्रति माधव नेपालको पनि सहानुभूति रहेको बताइन्छ । तर शेरधन राईलाई एमाले अध्यक्ष केपी ओलीको विश्वास पात्र मानिन्छ । त्यति मात्रै होइन शेरधनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको पनि आशिर्वाद प्राप्त छ ।

भिम आचार्य र शेरधन राईले एक अर्काको अस्थित्व अस्विकार गर्ने अवस्था बनेपछि मध्यमार्गी प्रस्तावका रुपमा राजेन्द्र राईको नाम अघि बढाउन लागिएको एमाले श्रोतले बतायो । उनले पनि विजयी भएपछि आयोजना गरिएको कार्यक्रमहरुमा आफु मुख्य मन्त्रीका लागि योग्य भएको र सफलता पुर्वक जिम्मेवारी सम्हाल्ने अभिव्यक्ति दिँदै आएका थिए ।

दुई कार्यकाल अनेरास्ववियुको अध्यक्ष सम्हालेका राई हाल एमाले केन्द्रिय सदस्य रहेका छन् । उनलाई एमाले भित्र वौद्धिक व्यक्तित्वका रुपमा हेरिन्छ । भोजपुरबाट प्रत्यक्ष निर्वाचन लडेर प्रदेश सभा सदस्यमा निर्वाचित भएका राईलाई मुख्य मन्त्री बनाउन माधव नेपालले बिशेष सहयोग गर्नेछन् भने पछिल्लो समय एमाले अध्यक्ष केपी समेत सकारात्मक बन्दै गएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.