यो वर्ष गुगलमा धेरै खोजियो आइफोन ८, गुगल ट्रेन्डिङको टप १०मा कुन-कुन परे ?

  २०७४ मंसिर २८ गते १२:२९     विकासन्युज

काठमाडौं । अंग्रेजी पात्रो अनुसार नयाँ वर्षको शुरुवात  हुनै लागेको छ । हरेक वर्षजस्तै यो वर्षको अन्तिममा पनि गूगलले सबै भन्दा बढी सर्च गरिएका शिर्षकको सूची जारी गरेको छ । २०१७ आइफोन ८ ट्रेन्डिङ प्रडक्टमा अगाडी रह्यो । यसलाई सबैभन्दा बढी सर्च गरिएका सूचीमध्ये दोस्रो स्थान दिइएको छ । यसका साथै यसले भर्खरै सार्वजनिक भएको आईफोन एक्सलाई पनि पछि पारेको छ ।

गूगलले हरेक वर्ष ईयर इन सर्च जारी गर्दछ, जसमा वर्षभरीमा सबैभन्दा धेरैपटक सर्च गरिएका शिर्षक नै सूचिमा पर्छन् । यो सूची २०१६ को तुलनामा २०१७ मा धेरै सर्च गरिएका शब्दलाई आधार मानेर तयार पारिन्छ । यस्ता छन् २०१७ का टप १० ग्लोबल ट्रेन्डिङ सर्च लिस्ट:

यी हुन् गूगलको टप १०  ग्लोबल ट्रेन्डिङ सर्च किवर्ड्स
१. हुरिक्यान इर्मा
२. आइफोन ८
३. आइफोन एक्स
४. म्याट लाउर
५. मेघान मार्केल
६. १३ रिजन ह्वाइ
७. टम पेटी
८. फिजेट स्पिनर
९. चेस्टर बेनिङटन
१०. इन्डियन नेशनल क्रिकेट टिम

प्रविधीको दुनियाँमा ट्रेन्डिङ लिस्ट २०१७ मा यी किवर्ड्स सबैभन्दा बढी सर्च गरिएको थियो । टप १० को सूची:
१. आइफोन ८
२.  आइफोन एक्स
३. निन्टेन्डो स्विच
४. सामसङ ग्यालेक्सी एस८
५. एक्सबक्स वन एक्स
६. नोकिया ३३१०
७. रेजर फोन
८. ओप्पो एफ५
९. वान प्लस ५
१०. नोकिया सिक्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.