काठमाडौं-कुवेतको सिधा फ्लाइट आजदेखि शुरु, दैनिक उडान मूल्य २३ हजार रुपैयाँ

  २०७४ मंसिर २७ गते १६:४१     विकासन्युज

काठमाडौं । कुवेतको निजी स्वामित्वमा रहेको वटानिया एयरवेजले बुधबारदेखि त्रिभूवन अन्तरराष्ट्रिय विमान स्थलमा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ । सेवा सञ्चालन संगै वटानिया कुवेतदेखि नेपालसम्म सिधा उडान सञ्चालन गर्ने पहिलो कम्पनी बनेको छ ।

यो सेवाको उद्देश्य कुवेती जनतालाई नेपालमा पर्यटनका लागि प्रोत्साहन गर्नु र नेपालबाट कुवेतमा कामका लागि जाने जनतालाई समस्या रहित सुलभ सेवा सुलभ मुल्यमा उपलब्ध गराउने रहेको छ । एयरलाइनले आफ्नो सेवाको सुरुवाती कुवेत सम्मको दैनिक उडानका लागि मूल्य २३ हजार रुपैयाँ निर्धारण गरेको छ ।

तीन ए–३२० विमान सहितको वटानिया एयरवेजले विश्वभरका ११ गणतब्य सम्मकालागि उडान सेवा उपलब्ध गरिरहेको छ । साथै, कम्पनीको काठमाडौंबाट दोहा, बहराइन, बाकु र अन्य विभिन्न स्थानकालागि सहज सञ्जाल विस्तार गरिएको छ ।

‘नयाँ उडान सेवाको आगमनले नेपालको पर्यटन क्षेत्र तथा नेपालीलाई उल्लेख्य सहयोग प्राप्त हुनेछ’, वटानिया एयरवेज, काठमाडौंका लागि स्टेशनम्यानेजर रुपेश झाले भने,‘यसले नेपालीलाई कुवेटमा कामको थपअवसर समेत प्राप्तहुने हामीलाई विश्वास छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.