भोलीदेखि किम्फ सुरु, नेपाली मह शिकारी सम्बन्धी वृत्तचित्र ‘द लास्ट हनी हन्टर’को प्रदर्शनी

  २०७४ मंसिर २७ गते १६:१४     विकासन्युज

काठमाडौं । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा पुरस्कृत भइसकेको नेपाली मह शिकारी सम्बन्धी वृत्तचित्र द लास्ट हनी हन्टर नेपालमा प्रदर्शनी हुनेभएको छ यो वृत्तचित्रलाई एशियामै पहिलोपटक विहीबारदेखि सुरु हुनगइरहेको पन्ध्रौं काठमाडौं अन्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा प्रदर्शनी हुनेछ ।३५ मिनेट लामो द लास्ट हनी हन्टर वृतचित्रले सोलुखुम्बुको विकट गाउँ साद्दीका मह शिकारी मौलीधन कुलुङ राईको जिवनीलाई पर्दामा उतारेको छ ।

उक्त गाउँको कुलुङ जनविश्वास अनुसार जंगली भिरमौरीको महकाढ्नका लागि सपनामा जंगलको देउता राङ्केमीबाट दिक्षित हुनुपर्दछ र हाल साद्दीमा यसरी सपनामा दिक्षित एक मात्र व्यक्ति हुन् मौलीधन ।

यस सपनाका कारण उनी भिरमौरीको मह काढ्न जस्तोसुकै अप्ठ्यारो रअग्लो भिरमा चढे पनि सुरक्षित रहने विश्वास उनी र साद्दीको समुदायको छ ।

उनी पछि यस गाउँको नयाँ पुस्ताका कोही पनि व्यक्तिले उक्त सपना आजसम्म देखेका छैनन् र त्यसैकारण मौलीधन पछि मह काढ्ने प्रचलननै साद्दीमा बन्द हुने हो कि भन्ने आशंका छ ।

साद्दीको परम्परागत कुलुङ जनजिविका र संस्कृतिलाई नजिकबाट नियालेर प्रस्तुत गरिएको यस वृत्तचित्रमा साद्दी जस्ता नेपाली ग्रामिण समुदायहरु समय संगै कसरीबदलिंदैछ सो को पनि नाटकिय चित्रण छ ।

न्यासनल जोग्राफिकको सहयोगमा निर्मित यस चलचित्रले विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा उपाधि प्राप्त गरीसकेको छ । बान्फ पर्वतिय चलचित्र महोत्सव क्यानडामा उत्कृष्ट हिमाली संस्कृति चलचित्र र केन्डलपर्वतिय चलचित्र महोत्सव संयुक्त अधिराज्यमा उत्कृष्ट छायांकनको पुरस्कार जितेको छ भने क्याम्डेन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अमेरिकामा उत्कृष्ट छोटो वृत्तचित्र विधामा विजेता भई ओस्कार चलचित्र महोत्सवकोछोटो वृत्तचित्र विधा अन्तर्गत प्रारम्भिक मनोनयनका लागि स्वतः योग्य भएको छ ।

यस वृत्तचित्रको नेपालमा पहिलो सार्वजनिक प्रदर्शनी यही पन्ध्रौं किम्फ मार्फत मङ्सिर २८ गते भइरहेको छ ।
यस महोत्सवमा चलचित्र प्रदर्शनीको दौरान नेपालमा विगत १७ वर्षदेखि बसोबास गर्दै आउनुभएका यसफिल्मका निर्माता बेन एयर्स, मुख्य पात्र मौलीधन लगायत साद्दीका अन्य मह शिकारी टोली उपस्थित हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.