लर्ड बुद्ध एजुकेसनद्धारा एमएसआईटीएम र एमबीए विषयमा अध्यापन शुरु

  २०७४ मंसिर २६ गते १८:२२     विकासन्युज

काठमाडाैं । लर्ड बुद्ध एजुकेसन फाउण्डेसन(एलबीईएफ) क्याम्पसले नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातकोक्तर स्तरकोमास्टर अफ साईन्स ईन ईन्फरमेशन टेक्नोलोजी म्याजमेन्ट(एमएसआईटीएम) र मास्टर ईन बिजनेश एडमिनिस्ट्रेशन(एमबीए) विषयमा अध्यापन पनि शुरु गरेको छ । एलबीईएफले आफ्नो सहयोगी संस्था कलेज फर प्रोफेशनल स्टडिज मार्फत एसिया प्यासिफिक यूनीभर्सिटी(एपीयू), मलेसियासँग शैक्षिक सहकार्य मार्फत उक्त सेवा शुरु गरेको हो ।

उक्त दुवै विषयहरु २ वर्ष (४ सेमेस्टर) मा सम्पन्न हुने क्याम्पसले जानकारी गराएको छ । एलबीईएफले २०१५ देखि उक्त विश्वविद्यालयबाट स्नातक स्तरको (बीएससीआईटी) र (बीबीएम) विषयमा अध्यापन गराउँदैं आएको छ ।

कलेजले जनाए अनुसार मास्टर अफ साईन्स ईन ईन्फरमेशन टेक्नोलोजी म्याजमेन्ट (एमएसआईटीएम) कार्यक्रम सूचना प्रविधि क्षेत्रमा आफ्नो किसिमको पहिलो कार्यक्रम हो । हाल नेपालमा सञ्चालित अरु यस्ता कार्यक्रमले सूचना प्रविधि संबंधी मात्रै ज्ञान दिने हो भने (एमएसआईटीएम) ले सूचना प्रविधिक्षेत्रको प्राविधिक ब्यवस्थापन कसरी गर्ने विषयलाई पनि समेटेको छ । यस विषयमा भर्ना हुन चाहने विद्यार्थीहरु सूचना प्रविधी विषयमा स्नातक उत्तिर्ण भएको हुनुपर्ने छ । यस कार्यक्रमले बीआईएम, बीसीआईएस, बीसीए, बीएसआईटी आदी अध्ययन गरेका विद्यार्थीहरुकोलागी सूचना प्रविधि संकायमा स्नातकोक्तर स्तरको अध्ययन गर्ने बाटो खोली दिएको छ ।

त्यस्तै, मास्टर ईन बिजनेश एडमिनिस्ट्रेशन(एमबीए)मा ४५प्रतिशत अंक प्राप्त गरी कुनै पनि विषयमा स्नातक उत्तिर्ण गरेको विद्यार्थीहरुले भर्ना गर्न पाउनेछन् ।

एसिया प्यासिफिक यूनीभर्सिटी मलेशियाको प्रतिष्ठित विश्वविद्यालयहरुमध्ये एक हो जसलाई २०११ देखि हालसम्मै मलेशियन योग्यता मापन एजेन्सी अन्तर्गतको एसइटीएआरए र्याङकिङ र त्यहाँको शिक्षा मन्त्रालयले उत्कृष्ट दर्जामा समावेश गरेको छ । नेपाल सरकार, शिक्षा मन्त्रालयले यस संस्थालाई यी कार्यक्रमहरु सञ्चालन गर्ने अनुमति समेत प्रदान गरिसकेको छ । साथै एसिया प्यासिफिक यूनीभर्सिटी (एपीयू) त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त विश्वविद्यालय हो ।

सन् १९९८ मा स्थापित लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध भई नेपालमै सस्तो र सुलभ तरिकाबाट सुचना प्रविधि, व्यापार व्यवस्थापन र जैविक प्रविधि जस्ता अत्याधुनिक विषयहरुको पठन पाठन गर्दै आइरहेको छ । संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेको छ ।

नेपालमै बसेर अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध संस्थामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुको लागि एपीयूसँगकोसहकार्य अवश्य पनि फलदायी हुने कुरामा संस्था आशावादी रहेको छ । एपीयूको संबंधनमा सञ्चालन हुने कार्यक्रमहरु पूर्णकालिन कार्यक्रमहरु रहेका छन् । एपीयू मलेशियाको सूचना प्रविधी र व्यवस्थापन विषयमा कार्यक्रम सञ्चालन गर्ने सर्वोत्कृष्ट विश्वविद्यालय मध्ये पर्छ । सो विश्वविद्यालयमा हाल १० हजार विद्यार्थीहरु पूर्णकालिन रुपमा अध्ययन गरिरहेका छन् । अध्ययनरत विद्यार्थीहरु मध्ये आधी विद्यार्थी मलेशियाका र आधी जति विद्यार्थी करिब ११६ देशबाट अध्ययन गर्न आएका हुन् । सोे जानकारी विश्वविद्यालयका उपाध्यक्ष श्री गुरप्रदिप सिंहले कार्यक्रममा दिएका हुन् ।

लर्ड बुद्ध एजुकेसन फाउण्डेसन अन्तरगतका सबै शिक्षण संस्थाहरुमा सञ्चालन हुने कक्षाहरुमा सैधान्तिक ज्ञानको साथसाथै अरु जिवनउपयोगी तालीमहरु पनि प्रदान गरिन्छ । कलेजमा विद्यार्थीहरुलाई बजारमा स्थापित गर्नकालागी छुटै प्लेसमेन्ट सेलको व्यवस्था रहेको कलेजले जनाएको छ ।

त्यस्तै, ललितपुर कुपण्डोलमा पाटन कलेज फर प्रोफेसनल स्टडिजले युनिभर्सिटि अफ बेडफोर्डसायर, बेलायत वाट सम्वन्धन प्राप्तस्नातक स्तरको विएस्सी, अनर्स इन कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ्ग र ब्याचलर इन विजनेस एडमिनिष्ट्रेसनको अध्यापन गराई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.