नेप्से दोहोरो अंकले ओरालो, उत्पादनमूलक बोहक सबै समूह राताम्मे

  २०७४ मंसिर २६ गते १५:२९     विकासन्युज

काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । बजारमा परिसूचक १७.५४ अंकले ओरालो लागेर १५१०.२१ अंकमा अडेको छ ।

परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । बजारमा कुल ६६ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५७ कम्पनीको ११ लाख ८० हजार कित्ता सेयर किनबेच भएका छन् ।

बजारमा उत्पादनमूलक समूह बाहेक अन्य बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सो दिन सबैभन्दा बढी बीमा समूहको परिसूचक १६६ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल ४७, विकास बैंक २२, माइक्रोफाइनान्स २० र बैंकिङ समूहको परिसूचक १३ अंकले राताम्मे भएका छन् । उता उत्पादनमूलक समूह भने ६.४२ अंकले उकालो लागेको छ ।

दोहोरो अंकले ओरालो लागेको बजारमा सबैभन्दा बढी काबेली विकास बैंकको सेयर मूल्य ८.६४ प्रतिशतले बढेको छ । सो दिन सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयरको मूल्य ५.८४ प्रतिशतले घटेको छ ।

सेयर बजारमा ग्लोबल आइएमई बैंक र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर ५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.