नेपालको व्यवसाय प्रवद्र्धनमा युरोपियन युनियनको सहयोग

  २०७४ मंसिर २६ गते १४:४६     विकासन्युज

काठमाडौं । नेपालकालागि युरोपियन युनियनका राजदूत भेरोनीका कोडिले नेपालको समुचित आर्थिक विकासका साथसाथै व्यवसाय प्रवद्र्धनको लागि युरोपियन युनियनको तर्फबाट निरन्तर सहयोग हुने बताएका छिन् ।

नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग परिसंघको सचिवायमा मंसिर २६ गते भएको भेटवार्ताको क्रममा राजदूत कोडिले उक्त विचार व्यक्त गरेकी हुन् ।

भेटवार्ताको क्रममा राजदूत कोडिले नेपालको संविधानको कार्यान्वयनको क्रममा हालै शान्तिपूर्ण रुपमा सम्पन्न केन्द्र, प्रदेश र स्थानीयतहको निर्वाचनपछि देश विकासको सम्भावना र विश्वास लगानीकर्ताहरुमा बढेको र नेपालको जनस्वास्थ्य, शिक्षा क्षेत्रको साथै निजी व्यवसाय प्रवद्र्धनको क्षेत्रमा समेत युरोपियन युनियनको तर्फबाट सहयोग विस्तारका सम्भावना रहेको धारणा व्यक्त गरेकी छन् ।

साथै, राजदूतकोडिले नेपालमा युरोपियन युनियन बैँकको सञ्चालनको सम्भावनाको समेत अध्ययन गरिने भएको र यस सन्दर्भमा सम्बन्धित टोलिले निकट भविष्यमा नेपालमा भ्रमण गर्ने कार्यक्रम भएको जानकारी गराएकी थिइन् ।

सो भेटवार्ताको क्रममा परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालको राजनीतिक स्थायित्व भएसँगै आर्थिक एजेण्डालाई नै अबको सरकार र राजनीतिक दलले प्राथमिकता राखेको पाइएकोले निजी क्षेत्रको संस्थागत विकासमा युरोपियन संघ जस्ता विकास साझेदार संस्थाहरुको सहयोग अर्थपूर्ण रहने अपेक्षा परिसंघले लिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.