मंगलबारमात्रै एक करोड ५१ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, क-कसको भयो?

  २०७४ मंसिर २६ गते १२:५६     विकासन्युज

काठमाडौं । मंगलबारमात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एक करोड ५१ लाख कित्ता सेयर सूचिकृत भएका छन् । सो दिन विभिन्न चार बैंक तथा वित्तीय संस्थाको बोनस र हकप्रद गरी सो मात्राको सेयर सूचिकृत भएको हो ।

बजारमा नेको इन्स्योरेन्सको बोनस सेयर सूचिकृत भएको छ भने अन्य बाँकी तीन कम्पनीको हकप्रद सेयर सूचिकृत भएका छन् । नेको इन्स्योरेन्सको कुल ७ लाख १२ हजार ८९५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

नेप्सेमा सबैभन्दा बढी हकप्रद सेयर सूचिकृत भएको छ । एकैदिन मुक्तिनाथ विकास बैंक, अल्पाइन डेभलपमेन्ट बैंक र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको गरी कुल एक करोड ४३ लाख ९४ हजार ११२ कित्ता हकप्रद सेयर थपिएका छन् ।

मुक्तिनाथको ६१ लाख ७० हजार ८६५ कित्ता, अल्पाइनको १८ लाख ३ हजार २४७ कित्ता र हिमालयन जनरलको ६४ लाख २० हजार कित्ता हकप्रद सेयर नेप्सेमा थपिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.