एनसेल मेला चार शहरमा हुने, फोरजी केन्द्रित मनोरञ्जन मेला पुस ८ गतेबाट सुरु

  २०७४ मंसिर २५ गते १९:०४     विकासन्युज

काठमाडौं । एनसेलले देशको विभिन्नचार शहरहरुमा यहि पुस ८ देखि एनसेल मेला २०७४को आयोजना गर्ने भएको छ । आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुँदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोड व्याण्ड सेवा लङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्न, एनसेलले पोखरा, विराटनगर, बुटवल र ललितपुरमा एनसेल मेला आयोजना गर्न लागेको जनाएको छ ।

यी चारै शहरहरुमा एनसेलले छोटो अवधिमा नै आफ्नो फोरजी सेवाविस्तार गरिसकेको छ । आयोजना हुन गइरेहको मेलामा गेम्स् लगायत सबै मनोरञ्जनात्मक गतिविधीहरु फोरजी थिममा आधारित हुने र आगन्तुक तथा दर्शकहरुले चर्चित गायक तथा सांगीतिक समुहहरुको प्रस्तुतिहरुबाट भरपुर आनन्दलिन सक्ने एनसेलले जनाएको छ ।

एनसेल मेला यही पुस ८ गते पोखराको प्रदर्शनी केन्द्र, नयाँबजारमा आयोजना गरिने छ । त्यस्तै, १५ गते विराटनगरको हाटखोलामा, पुस २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुस २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजना हुनेछ । यीप्रत्येक शहरमा मेला बिहान ११ बजे शुरु हुनेछ र कन्सर्ट सहित साँझ ६.३० सम्म चल्ने छ ।

मेलामा आउने सबै उमेर समुहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखि विभिन्न कार्यक्रमहरु समावेश गरिएका छन् । मेलामा प्रवेश निःशुल्क हुनेछ र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् ।
चर्चित कलाकार तथा सांगीतिक समुहहको प्रस्तुती, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका केहीविषेश आर्कषणहरु हुन् । स(सानाबालबालिकाहरुको गायनप्रतिभाउजागर गर्न मेलामा ‘लिटल नेपाली आइडल’ कार्यक्रमको पनि आयोजना गरिनेछ । मेलाको अरु आकर्षणहरु पेपर प्लेन थ्रो, मिनीगल्फ, फ्रगजम्प र कार रेस जस्ता फोरजी थिममा आधारित गेम्सहरु हुनेछन् भने बालबालिकाहरुका लागि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकार्षणहरु रहनेछन् ।

मेलामाकलाकारहरु शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे), सांगीतिक समुहहरुमा कबवेभ, द एज र स्याडोज्ले आफ्नो प्रस्तुतिहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । रोडिज्का विजेता समन श्रेष्ठ र फस्ट रनर अप अनिमेश शाहीले पनि मेलामा भागलिने छन् । त्यसैगरी, मेलाको अरु आकर्षणहरुमा फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु पनि रहनेछन् ।

“हामी सन् २०१७ को बिदाई नजिक छौ । यो समय भनेको सबै साथीभाई र परिवारजनसँग खुसीयाली साट्दै नयाँ वर्ष २०१८ को स्वागतगर्ने बेला हो,” एनसेलका प्रमुख कर्मशियल अधिकृत कोकलियोङ् यापले भने । “हामीलाई आशा छ सबै जनाआ(आफ्ना साथीभाई र परिवारका साथ यो मेलामा सहभागिभई रमाईलो गर्नु हुनेछ । मेलामाचर्चित कलाकारहरुको प्रस्तुतिबाहेक अन्यथुप्रै रमाईला कार्यक्रमहरु पनि समावेश गरिएका छन् । मेलामाआउननसक्नेहरुले पनिहाम्रो १९ शहरहरुमा फैलिएको फोरजी नेटवर्क मार्फत ‘योण्डर म्युजिक’ र ‘आईफ्लिक्स’मुभिज्को मजालिनुहुनेछ भन्ने आशालिएका छौ । ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.