सिटिजन्स बैंकको ६७औं शाखा दाङको बंगलाचुलीमा, २ थान कम्प्युटर हस्तान्तरण

  २०७४ मंसिर २५ गते १४:२०     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६७औ शाखा दाङको बंगलाचुलीमा संचालनमा ल्याएको छ । बैंकले सोमबार(आज) यस बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकिङ्ग कारोवारको सुरुवात गरेका छन् ।

उक्त समारोहमा सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले श्री गटेरा प्राथमिक विद्यालयलाई १ थान र धापा निम्न माध्यमिक विद्यालयलाई १ थान गरी जम्मा २ थान कम्प्युटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत देवकोटा र बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीले संयुक्त रूपमा गरेका हुन् । उक्त शाखाका इन्चार्ज सुशील पोखरेलले यस क्षेत्रमा कृषि कर्जा, पशु पालन, तथा अन्य व्यवसायिक क्षेत्रम प्रशस्त लगानी गर्ने बैंकको उदेश्य रहेको बताएका छन् ।

यस बैंकले आ ब २०७४।७५ मा पाल्पाको छहरा, नवलपरासीको भुमही, मकवानपुरको मनहरी, बर्दियाको बढैयाताल, झापाको हल्दिबारी, महोत्तरीको औरहि र दाङको बंगलाचुली गरी थप ७ वटा शाखाहरु संचालनमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.