प्रतिनिधिसभाका ९८ र प्रदेशसभाका २०९ क्षेत्रको मतगणना सम्पन्न

  २०७४ मंसिर २४ गते १७:४५     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगले मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य जारी रहेको जनाएको छ ।

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज दिउँसो ४ बजेसम्म प्राप्त विवरणअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा तीनजना महिलासहित ९८ जना र प्रदेशसभा सदस्यतर्फ १० जना महिलासहित २०९ जना प्रतिनिधि निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि पहिलो चरणमा मतदान भएका ३७ निर्वाचन क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको र दोस्रो चरणमा मतदान भएका १२८ निर्वाचन क्षेत्रमध्ये ६४ निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

यसैगरी, प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा मतदान भएका ७४ निर्वाचन क्षेत्रमध्ये ६६ निर्वाचन क्षेत्रको र दोस्रो चरणमा मतदान भएका २५६ निर्वाचन क्षेत्रमध्ये १४३ निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.