माछापुच्छ्रे बैंक र बेलायतको सिफ्ट फाईनान्सीयल सर्भिसेज बिच रेमिट्यान्स सम्झौता

  २०७४ मंसिर २४ गते १७:३६     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र बेलायतको सिफ्ट फाईनान्सीयल सर्भिसेज लिमिटेडबिच रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा माछापुच्छ्रे बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सन्तोष कोइराला तथा सिफ्ट फाईनान्सीयल सर्भिसेसका तर्फबाट अध्यक्ष ईदनान सबनले हस्ताक्षर गरेका छन् ।

सो सम्झौता पश्चात अष्ट्रेलिया, वहराईन, कुवेत, मलेसिया, पोर्चुगल, कतार, साउदी अरेविया, टर्की, युइनाइटेड अरबइ्रमिरेट्स तथा वेलायतमा रहेका नेपालीहरुले माछापुच्छ्रे बैंकको जुनसुकै शाखाबाट रकम पठाउन सक्ने बैंकले जनाएको छ ।

हाल यस बैंकले ६२ शाखा , ५००० भन्दा बढी एजेन्ट नेटवर्क, ४ एक्स्टेन्सन काउण्टर र ७ शाखारहित सेवा काउण्टरबाट बैंकिङ् सेवा दिँदै आइरहेको छ ।

बेलायतमा मुख्य कार्यालय रहेको सिफ्ट फाईनान्सीयल सर्भिसेजले विश्वका ६६ देशहरुमा आफ्नो संजालविस्तार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.